बीरगंज ।
पर्साको सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति वितरणमा ढिलाइ भएको छ । चालू आवमा सामुदायिक विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरूलाई वितरण गर्नुपर्ने छात्रवृत्तिको रकम करेन्ट ब्याज (सीमित अवधिको)मा लगाएर मुनाफा लिने कार्य भइरहेको पाइएको छ ।
लकडाउन तथा निषेधाज्ञाका कारण लामो समयसम्म बन्द रहेका सामुदायिक विद्यालयहरू पर्सा जिल्लामा कात्तिकदेखि सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएको तीन महिना बितिसक्दा पनि सम्बन्धित सामुदायिक विद्यालयहरूले छात्रवृत्ति वितरण गरेका छैनन् । ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनीलगायतका गापामा रहेका सामुदायिक विद्यालयहरूमा अहिलेसम्म छात्रवृत्ति वितरण नभएको स्रोतले जनाएको छ ।
पर्सा जिल्लाका १४ वटै पालिकाको अवस्था यस्तै रहेको छ । छात्रवृत्ति वितरणका लागि गत आवमा रकम निकासा भइसकेको छ । चालू आवको लागि गत वर्षमै छात्रवृत्तिको लागि रकम निकासा भए पनि सम्बन्धित दलित र छात्राहरूलाई वितरण गर्नुपर्नेमा नगरेर प्रधानाध्यापकहरूले ग्रामीण क्षेत्रमा करेन्ट ब्याजमा लगानी गरेका छन् भने केहीले घरायसी काममा खर्च गरेका छन् ।
ठोरी गापा–५ मा रहेको साखुवाटी प्रावि सुवर्णपुरका प्रअ तथा नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले गापाको निर्देशनअनुसार २१ वटै सामुदायिक विद्यालयमा एकै पटक एउटै मितिमा छात्रवृत्ति वितरण गरिने बताएको कारण ढिला भएको बताए । उनले गापाको निर्देशनअनुसार समयको प्रतीक्षामा रहेको बताएका छन् । जीराभवानी गापाका शिक्षा संयोजक जितेन्द्र मिश्रले आफ्नो पालिकामा रहेका सबै सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण भइसकेको बताए ।
उनले कुनै विद्यालयले छात्रवृत्ति वितरण नगरेको पाइए सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पटेर्वासुगौली गापाका शिक्षा संयोजक शम्भु साहले गापाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा चालू आवमा दलित तथा छात्राहरूलाई छात्रवृत्ति वितरणको लागि रकम पठाइसकेको बताए ।
उनले पालिकाले छात्रवृत्तिबापतको रकम पठाइसकेको भए पनि धेरैजसो विद्यालयले अहिलेसम्म वितरण नगरेको बताए । उनले फाल्गुनको पहिलो सातासम्म सबै विद्यालयलाई छात्रवृत्तिबापतको रकम वितरण गर्न निर्देशन गरिएको बताए । चालू आवमा शैक्षिक सत्र सकिन अब दुई महिना मात्र बाँकी रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया