दोलखा ।
दोलखा चेम्बर अफ कमर्सले दोस्रो साधारणसभाको अवसरमा आर्थिक दैनिकका दोलखाका संवाददाता सुबास बस्नेतलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा सकृय भूमिकामा रहेर कार्य गरेकोले बस्नेतलाई सम्मान गरेको संस्थाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
दोलखा चेम्बरको शुक्रबार सम्पन्न दोस्रो साधारणसभाले बस्नेतसहित दिपशंकर चौलागाईं, मन्दिरा थापा, नवराज शिवाकोटी र दिलबहादुर केसीलाई सम्मान गरेको हो । साधारणको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोलखा व्यावसायिक तथा उद्योग क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएको हुँदा उत्पादनमुखी उद्योग तथा व्यवसायमा लगानी गर्न यहाँका व्यवसायीहरुलाई सुझाव दिए ।
त्यसैबीच विष्णु श्रेष्ठको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति पनि चयन भएको छ । आगामी तीन वर्षको लागि श्रेष्ठसहित २२ जनाको कार्यसमिति गठन भएको महासचिव पान्डबसिङ पाण्डेले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया