Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधावनमार्ग मर्मत नहुँदा काँगेल विमानस्थलमा नियमित उडानमा समस्या

धावनमार्ग मर्मत नहुँदा काँगेल विमानस्थलमा नियमित उडानमा समस्या


सोलुखुम्बु ।
सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलको धावनमार्ग मर्मत हुन नसक्दा नियमित उडानमा समस्या देखिएको छ । मर्मतका लागि बजेट अभाव भएको र मर्मत नहुँदा नियमित उडानमा समस्या भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनका अनुसार विगत ७ वर्षदेखि बन्द रहेको विमानस्थलमा २०७७ मंसिर ३० गते परीक्षण उडान गरिए पनि धावनमार्ग मर्मतका लागि बजेट अभाव हुँदा समस्या आएको छ । लामो समयदेखि बन्द रहेको विमास्थलमा उडान हुने भएपछि खुसी भएका स्थानीय उडानमा समस्या आएको भन्दै उडान नहुदा दुःखी भएका छन् ।

आर्थिक वर्षको बीच भागमा रहेकाले गाउँपालिका र नागरिक उड्यान मन्त्रालयसँग पर्याप्त बजेट नभएपछि थप समस्या भएको अध्यक्ष राईको भनाइ छ । अबको केही दिनमा सम्बन्धित निकायसँग छफछल गरी मर्मत कार्य गरी फागुनको दोस्रो हप्तादेखि नियमित उडान गर्ने गाउँपालिकाको योजना रहेको बताइएको छ । जिल्लाको तल्लो भेगका स्थानीयलाई सहज बनाउने उद्देश्यले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराइले निरीक्षण गरी नियमित उडान गर्ने बताएका थिए । सोहीअनुरुप मंसिरमा परीक्षण उडानसमेत गरिएको थियो ।

नियमितरुपमा उडान गर्नका लागि गाउँपालिका र नागरिक उड्डयन प्राधिकरणसँग सम्झौतासमेत भएको थियो । सम्झौताअनुसारको सबै काम भए पनि मर्मतका लागि बजेट अभावले केही समस्या भएको बताइएको छ । सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्ने प्रयासमा आपूmहरु लागिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया