टेलिकमको नाफामा भारी गिरावट
काठमाडौं ।
नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीको नाफामा साँढे एक अर्ब रुपैयाँ भन्दा बढी गिरावट आएको हो । कम्पनीले चालू आवको पहिलो ६ महिनासम्ममा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले चार अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ६९ करोड रुपैयाँ कम हो ।
कम्पनीले चालू आवको पहिलो त्रैमासमा खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो भने दोस्रो त्रैमासमा एक अर्ब ७७ करोड रुपैयाँ कमाएको थियो । साथै कम्पनीको आयमा पनि गिरावट आएको छ । गत वर्ष पहिलो छ महिनामा १८ अर्ब तीन करोड आय गरेको कम्पनीले चालू आवमा १७ अर्ब ७२ करोड रुपैयाँ मात्रै आय गरेको छ । यो आय गतवर्षको भन्दा एक दशमलब ७४ प्रतिशत कम रहेको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले चालू आवको दोस्रो त्रैमासिकमा पहिलो त्रैमासमा भन्दा ४५ करोड ४२ लाख रुपैयाँ बढी आय गरेको छ । यो वर्ष पहिलो त्रैमासमा आठ अर्ब ६३ करोड, नौ अर्ब आठ करोड आम्दानी गरेकोमा टेलिकमले दोस्रो तैमासमा नौ अर्ब आठ करोड रुपैयाँ आम्दानी गरेको छ । चालू आवको दोस्रो त्रैमासिकमा गत आवको दोस्रो त्रैमासमा भन्दा ९० करोड ८४ लाख बढी आय भएको कम्पनीले जनाएको छ । गतवर्ष दोस्रो त्रैमासमा आठ अर्ब ९९ करोड आम्दानी भएको थियो ।
कोभिड–१९ को प्रत्यक्ष असरका कारण विश्वव्यापी रूपमा व्यापार व्यवसायमा आएको कमीले नाफामा असर परेको टेलिकमले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो वर्षको प्रथम त्रैमासिकको तुलनामा यो वर्षको सोही अवधिमा घटेकाले २० करोड ७४ लाखले कमी आएको टेलिकमको भनाइ छ । टेलिकमले कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराएकाले डाटा उपयोग बढ्दा पनि राजस्वमा कमी आएको बताएको छ ।
महामारीले यात्रा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभूतपूर्व गिरावट तथा ओभर दि टप (ओटीटी)को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआबद्धता सेवामा आएको भारी गिरावटले कम्पनीको नाफामा असर परेको बताइएको छ । समीक्षा अवधिमा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटही दरमा आएको परिवर्तनलगायतका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया