प्रदेश दुई सरकारले आफ्नै बस सञ्चालनमा ल्याउने
जनकपुर ।
प्रदेश नं. २ को सरकारले प्रदेशका विभिन्न सहरमा बस सञ्चालन गर्न विगतमा बनाइएको नीतिअनुसार पाँचवटा बस यही महिनादेखि सञ्चालनमा ल्याउने भएको छ । तीन करोड नौ लाख ८२ हजार रुपैयाँ प्रदेश सरकारले पाँचवटा बस खरिदसमेत गरिसकेको छ । गत पुसमा बस खरिद गरी सञ्चालनको प्रक्रिया थालिएको प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए । बस सञ्चालन कार्यविधि बनाएर बस सञ्चालनको तयारी थालिएको उनको भनाइ छ । प्रदेशको आठवटै जिल्लामा बस सञ्चालन गरिने र निजी क्षेत्रले सञ्चालन गरेको बसको भन्दा कम भाडादरमा धेरै सुविधा दिने उनले बताए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री सोनलले बस सञ्चालनका साथै गत आर्थिक वर्षमा प्रदेशभरि भएको भौतिक पूर्वाधार विकासको बारेमा जानकारी गराएका थिए । उनले आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभरि तीन सय ७० किलोमिटर सडक निर्माण भएको, पाँच हजार चार सय २० हेक्टर जमीन सिञ्चित भएको, नौवटा दलित छात्रावास निर्माण अन्तिम चरणमा रहेको, आठवटा ज्येष्ठ नागरिक आवास निर्माण गरेको, २० वटा नयाँ खानेपानी योजनाको सुरुवात गरेको जानकारी गराएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया