Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको एनटी च्याटबट सेवा सुरु

टेलिकमको एनटी च्याटबट सेवा सुरु


काठमाडौं  ।
नेपाल टेलिकमले एनटी च्याटबट सेवा सुरु गरेको छ । टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबट सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा एनटी च्याटबटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ (निड हेल्प ? वेलकम टु एनटी च्याटबट) भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुबारे जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजआदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाहरुबारे फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिनेछ ।

एनटी च्याटबट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबटबाहेक कम्पनीका सामाजिक सञ्जालहरु प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’बाट पनि सेवा तथा सुविधाहरुबारे विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया