महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु, साना तथा मझौला उद्यमहरूमा ऋण सहजीकरण गर्ने गरी सम्झौता गरेका छन् । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमई)को प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बिहीबार एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईहरूबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।
बैकर्स संघका अध्यक्ष दाहालले एसएमईको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । दुवै संस्था समृद्धिका असल साझेदार भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले यस सहकार्यलाई केन्द्रदेखि प्रदेशसम्मै लैजाने समेत जानकारी दिए । सात सय ४९ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको भन्दै उनले महासंघसँगको सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईहरुलाई सघाउन थप सहयोग पुग्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया