काठमाडौं ।
पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज)ले आफ्नो तेस्रो दीक्षान्त समारोह सोमबार राजधानीस्थित होटेल काठमाडौँ म्यरिओटमा आयोजना गरेको छ । यो कलेज बेलायतस्थित प्रसिद्ध बेडफर्डशायर विश्व विद्यालयसँग आबद्ध छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बीबीए विषयसँग सम्बन्धित कुल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै शिक्षा ऐनको संशोधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने जानकारी दिए । यसैगरी एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष पंकज जालानले २०१७ इस्वी सनमा स्थापित पीसीपीसीले आफूलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।
पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेसन विषयहरुलाई स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनीसँग साझेदारी गरी आर्टिफिसियल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया