नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
दोलखा ।
जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको एउटा सिङ्गो गाउँ नै माझीहरूको बसोबासले भरिएको छ । सो गाउँका प्राय सबै माझीको आम्दानीको मुख्य स्रोत माछा मारेर बेच्ने रहेको छ । माछा मारेर गुजारा गर्ने अधिकांश माझीहरूको पुख्यौली पेसा नै हो । तर पछिल्लो समय तामाकोशी नदिमा माछा पाउन छाडेको माझीहरूले गुनासो छ ।
केही वर्षअघिसम्म अत्यधिक माछा पाइने नदीमा हिजोआज माछा पाउनै छाडेको छ । विकास निर्माणको लागि भन्दै कोशी छेउछाउमा क्रसर उद्योगको स्थापना हुन तथा करेन्ट लगाएर माछा मार्ने गरेको कारणले पनि माछा पाउन छाडिएको स्थानीयको बुझाइ छ । यहाँका स्थानीय दिनेश माझी दिनभर पासो खेल्दा पनि कुनै दिन रित्तो हात फर्किनुपरेको बताउँछन् । पछिल्लो समय खोला तथा नदीमा करेन्ट लगाएर माछा मार्ने गरेकोले पनि आफूहरूको पासोमा माछा पर्न छाडेको तामाकोशी नदीमा पासो खेल्दै गरेका हरि माझीले बताए । नदी छेउमा खुलेका क्रसरले त झन् नदीको आकार नै परिवर्तन गरिदिएको छ ।
नदीबाट गिट्टी तथा बालुवा निकाल्दा पानी धमिलो हुने गरेकोले पनि माछा पाउन छाडेको उनीहरूको भनाइ छ । हरि भन्छन्, ‘एक नासले बग्ने नदीको बीचबीचमा खाल्डाखुल्डी बनेको छ । दिनप्रतिदिन नदीको आकार परिवर्तन भइरहेको छ, विकास निर्माण तथा पुनर्निर्माणका लागि हुने नदी उत्खनन् र चोरी तस्करीले माछाको बासस्थान नास हुँदै गएको छ ।’ आफ्नो पुर्ख्यौउली पेसा नै धरापमा परेको उनले बताए । वर्षौदेखि माछा मारेर गुजारा चलाइरहेका उनीहरू अहिले हातमुख जोड्न पनि धौधौ हुने अवस्थामा पुगेका छन् ।
कोशीभित्र रहेको नदीजन्य पदार्थको उत्खनन् बढ्दा माछाको बासस्थान नै नास हुँदै गएकाले माझीहरूको आर्थिक स्रोत नै बन्द हुने अवस्थामा पुगेको स्थानीय नारायन माझी बताउँछन् । लोकल माछाले प्रख्यात दोलखाको तामाकोशी बजारमा समेत कोशीको माछाले नधान्ने भएपछि बजारका होटल व्यवसायीले काठमाडौँ र तराईबाट माछा ल्याएर बिक्री गर्ने गरेका छन् ।
केही वर्षअघि तामाकोशीबाट दैनिक सयौँ केजी माछा मार्ने माझीलाई अहिले एक केजी माछा मार्न पनि मुस्किल हुने गरेको बैतेश्वर गाउँपालिका बुस्तीका राम माझीले बताए । कोशीमा माछा नपाउँदा बजारमा माछाको मूल्यसमेत वृद्धि भएको छ । अहिले तामाकोशी नदीको लोकल आलो माछाको मूल्य प्रतिकेजी एक हजार तीन सय पचास रूपैयाँ रहेको छ । सुकेको माछा प्रतीकेजी नौ सय ५० रूपैयाँमा बिक्री हुनेगरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया