Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहोटल व्यवसायीको पीडा बुझिदिन राज्यसँग आग्रह ।

होटल व्यवसायीको पीडा बुझिदिन राज्यसँग आग्रह ।


बाँके ।
कोरोनाका कारण सबैभन्दा बढी होटल व्यवसायी मर्कामा परेको भन्दै राज्यले आफ्ना पीडा बुझ्न होटल तथा पर्यटन व्यवसायीहरूले आग्रह गरेका छन् । उनीहरूले पीडामा रहेका व्यवसायीहरूलाई व्यावहारिकरुपमै सहयोग गर्न आग्रह गरेका हुन् । उनीहरूले आफ्ना समस्याको समाधान गर्न सरकारसँग आग्रह समेत गरेका छन् । लुम्बिनी प्रदेशमा मात्र ११ हजार साना ठूला होटल व्यवसायी रहेको र ५० देखि ६० हजारलाई प्रत्यक्ष रोजगारी दिएको उनीहरूले बताएका छन् । होटल व्यवसायी संघ बाँके नेपालगन्जको १७औँ साधारणसभामा उनीहरूले आफ्ना गुनासा पोखेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले अबको प्रधान अर्थतन्त्र होटल र पर्यटन व्यवसायी हु्ने बताए । मन्त्री गिरिले कृषिप्रधान मुलुकका बासिन्दा भए पनि खर्ब घाटा उत्पादनमा कमजोर हुँदा रेमिटान्सले जोगिनु पर्ने अबस्थामा रहेकाले कृषिको व्यवसायीकरणका साथै उद्योग, वन पर्यटनलाई जोडेर लिनुपर्नेमा जोड दिए । नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल विदेशी पाहुनालाई सम्मानका साथ भित्र्याउनुका साथै हवाइ यात्रामा समान भाडादर हुनुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले व्यवसायीका समस्यामा सरकार सकारात्मक हुनुपर्ने उल्लेख गरे । महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालीलाई प्रत्यक्ष रोजगारी दिने र १ खर्व बढी लगानी रहेको होटल व्यवसायलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए । प्रदेश अध्यक्ष काफ्लेले स्थानीय तहबाट गर्न सकिने समस्याको सम्बोधनमा पनि उदासिनता औल्याए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया