बीरगञ्ज ।
वीरगञ्ज–पथलैया ६ लेन सडकको निर्माण कार्यमा अति नै ढिलाइ भइरहेको छ । बढ्दो गर्मीसँगै सडक धुलाम्य हुँदा पनि ठेकेदार कम्पनीको लापरबाहीले यात्रीहरूले सास्ती खेप्नुपरेको छ । वीरगञ्ज–पथलैया, वीरगञ्ज–पोखरिया र सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्डको काम भइरहेको लामो समय बितिसक्दा पनि अहिलेसम्म सडकको काम सम्पन्न भएको छैन ।
वीरगञ्ज–पथलैया सडकखण्डबाट दैनिक हजारौँको संख्यामा मालवाहक, यात्रुवाहक र निजी सवारीसाधनहरू ओहरदोहर गर्छन् । तर सडक निर्माणमा भएको ढिलाइसँगै ठेकेदार कम्पनीले आफ्नो दायित्वअनुसार सडकमा पानी छर्ने काम नगर्दा यो सडकखण्डमा गुड्ने सवारीसाधनहरूमा यात्रा गर्ने यात्री, चालकहरूले निकै समस्या भोग्नुपरेको एक यात्रुले बताए ।
उनले वीरगञ्जबाट पथलैया जाँदा पूरै कपडा बर्बाद हुने र धूलोले श्वासप्रश्वासमा समेत कठिनाइ भइरहेको बताए । ड्राइपोर्टको लक्ष्मी आयलदेखि आईसीपीसम्म सडक विस्तार तथा तिलावे पुलको काममा पनि ढिलाइ गरेको र गर्मी बढेर धुलाम्य सडकमा पानी नछर्दा सो सडकखण्ड प्रयोग गर्नेलाई समस्या भएको छ ।
सरकारले सडक विस्तार वा पुल निर्माणको काम गराउन ठेक्का सम्झौता गर्दा सडकमा पानी छर्केर धूलो नउड्ने गरी सडकको कामलाई पूरा गर्नुपर्ने सर्त राखेको हुन्छ । तर ठेकेदारले चरम लापरबाही गरिरहेको उनको भनाइ ।
वीरगञ्ज–पथलैया सडकखण्डमा पप्पु, एमआर कन्टेक, युनाइटेड, दिवा सपना जस्ता निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । सडक विस्तारको नियमन गर्ने निकाय वीरगञ्ज–पथलैया व्यापारिक मार्ग परियोजना कार्यालय पथलैया हो । तर उसको पनि उदासीनताको कारण यस भेगका जनताले सास्ती भोग्नुपरेको सर्वसाधारणको गुनासो छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया