Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक ठगीका नाइके धिताललाई छाडेर व्यवसायी भेटवाल पक्राउ

बैंक ठगीका नाइके धिताललाई छाडेर व्यवसायी भेटवाल पक्राउ


काठमाडौँ ।

बैंक ठगीको मुख्य नाइके विष्णुुप्रसाद धिताललाई छोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ । आयोगले धितोको अधिक मूल्यांकन गरी कर्जा घोटाला गरेको अभियोगमा बयान दिन बोलाएर व्यवसायी भेटवाललाई त्यहीँबाट गिरफ्तार गरेको हो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको भनिएको कर्जा घोटालाको मुख्य नाइके सोही बैंकका तत्कालीन अध्यक्ष विष्णुुप्रसाद धिताल हुुन् । उनले आफूअनुकूलको टोली बनाएर कागजपत्र मिलाउनेदेखि अधिक मूल्यांकन गराउने गर्थे । त्यसैगरी धितालले भेटवाललाई पनि कर्जा दिलाएका थिए ।

हाल एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैकसँग गाभिएको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटालाका केही दोषीहरु भने धरौटीमा छुुटेका थिए । उच्च अदालत पाटनको वाणिज्य इजलासले गत जेठमा एपेक्स प्रकरणमा पक्राउ परेका २१ जनालाई नै धरौटीमा छोड्न आदेश दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि पक्राउ परेका २१ जना र तथा अन्य एक सय २६ जनालाई फरार अभियुक्त बनाएर उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध कमसल धितो राखेर नक्कली ऋणी खडा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला गरी बैंैकिङ कसुर गरेको अभियोग रहेको थियो । उक्त अभियोगमा दोषी ठहर भएका व्यक्तिहरुले अदालतले माग गरेको झण्डै सात करोड रुपैयाँ धरोटी बुुझाएर रिहा भएका थिए । यता सीआईबीले भने पक्राउ परेका अभियुक्तहरुविरुद्ध ९६ करोड ७७ लाख ५८ हजार तीन सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशअनुुसार केही व्यक्तिरु छुुटे पनि केही व्यक्तिहरु भने अदालतबाट माग भएबमोजिमको धरौटी बुुझाउन नसकेपछि जेल चलान भएका थिए । सोमध्ये तत्कालीन समयमा एपेक्ससँग मर्ज भएको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत मधुुवनलाल श्रेष्ठसँग एक करोड ६७ लाख पाँच हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।

उक्त धरौटी बुुझाउन नसकेपछि श्रेष्ठ सोही दिन जेल चलान भएका थिए । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, बैंकका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, बैंकका शाखा प्रबन्धक विकास श्रेष्ठ, बैंकका लोकन्थली शाखा प्रमुख सागर न्यौपाने, बैंकका शाखा प्रबन्धक मानबहादुर राउत, बैंकका सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, ऋणी मनोज भेटुुुवाललगायतका दोषीहरु भने अदालतले मागेको धरौटी बुुझाएर रिहा भएका थिए ।

सोमध्ये धितालसँग २४ लाख ३० हजार, ठेकेदार भेटवालसँग ५० लाख रुपैयाँ, निमित्त सीईओ ऋषिराज भट्टसँग ७० लाख ४० हजार, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशीसँग ४० लाख ६५ हजार, सहायक महाप्रबन्धक रामचन्द्र बसौलासँग ५४ लाख ७० हजार रुपैयाँ गुरुङसँग २० लाख ५ हजार, भण्डारीसँग २२ लाख ५ हजार, छविरमण अधिकारीसँग ४९ लाख ३० हजार रुपैयाँ धरौटी माग भएको थियो । धरौटी माग भएकामध्ये ११ जना भने मागबमोजिमको धरौटी बुुझाउन नसकेपछि जेल चलान भएका छन् । तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणमा छुुटेकामध्ये धिताल र भेटवाल लगायतलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत समेतकारबाही भएको थियो ।

सोही प्रकरणमा मुख्य अभियुुक्तलाई पक्राउ गर्नको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डिफ्युुजन नोटिस जारी गर्ने तयारी गरेको छ । सीआर्ईबी स्रोतका अनुसार एक अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला प्रकरणमा जोडिएका एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्यायसहित केही अभियुुक्तहरु हाल अमेरिकामा छन् । उनीहरुलाई पक्राउ गर्नको लागि पनि सीआईबीले डिफ्युुजन नोटिस जारी गर्नलागेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया