शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर सुरु
काठमाडौं ।
शाओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्समा सञ्चालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगञ्ज, इटहरी र काठमाडौंमा अवस्थित छन् ।
ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स सर्भिस नेटवर्क विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको भनाइ छ ।
सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँचयोग्यतामा उल्लेखनीय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निःशुल्क सर्भिसिङ प्रदान गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया