एक अर्ब ६१ करोड रुपैयाँको आईपीओको लागि अनुमति माग
काठमाडौं ।
एक अर्ब ६१ करोड ९६ लाख ३० हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै छवटा कम्पनीहरु नेपाल धितोपत्र बोर्ड पुुगेका छन् । बोर्डका अनुसार दुुईवटा लघुवित्त वित्तीय संस्था र चारवटा जलविद्युुत् कम्पनीहरुले एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी एक करोड ६१ लाख ९६ हजार तीन सय कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग्दै बोर्डमा पुगेका हुन् ।
यसरी अनुमति साधारण सेयरको लागि अनुमति माग गर्नेहरुमा साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर कम्पनी रहेका छन् । सोमध्ये यही फागुुन महिनामा मात्र मनकामना, जीवन विकास र सहयात्रीले साधारण सेयर जारी गर्नको लागि अनुमति माग्दै आवेदन दिएका हुुन, बोर्डले भनेको छ ।
बोर्डका अनुसार साहस ऊर्जाले एक सय रुपैयाँ आयोजना प्रभावित र सर्वसाधारणको लागि समेत गरी एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयरको लागि आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिडेड रहेको छ ।
यसैगरी सामलिङ पावर कम्पनीले पनि बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आयोजना प्रभावित र सर्वसाधारणको लागि समेत गरी १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता सेयरको लागि आवेदन दिएको छ ।
बोर्डका अनुसार बुद्धभूमि हाइड्रोपावरले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने सिभिल मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ ।
सयपत्री हाइड्रोपावर लिमिटेडले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार लघुवित्ततर्फ भने मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाले पनि तीन करोड ८९ लाख रुपैयाँबराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएममबी क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया