दार्चुला ।
महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला तिंकर सडकखण्डको लास्कु र नजाङगाड खोलामा मोटरेबल पुल निर्माण सुरु भएको पाँच वर्ष भयो तर अझैसम्म निर्माण सम्पन्न भएको छैन । सो सडकखण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ । झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पुल निर्माण पाँच वर्षपछि मात्रै अन्तिम चरणमा पुगेको छ ।
पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ । पुल निर्माण नहुने तर पटक–पटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा पलाएको बताए ।
निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कुल दुई करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो ।
सो पुल कुल तीन करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन । पुल नहुँदा वर्षात्को समयमा सो सडक खण्डमा यातायातका साधनसमेत चल्नसक्ने अवस्था नरहेको श्रीवगडका स्थानीयवासी दिलीपसिंह कार्कीले बताए । उनका अनुसार वर्षात्को समयमा जहिल्यै सडक अवरुद्ध हुन्छ ।
एक दशक अघिबाट निर्माण सुरु भएको दार्चुला तिंकर सडकखण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । अहिले सो सडक खण्ड व्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ ।
सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरबाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउँछन् । ‘समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो’, उनले भने, ‘सबै पक्षबाट लापरबाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।’ दुवै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयबासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ ।
अहिले दुवै पुलको निर्माणकार्यले केही गति लिएको छ । निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामीले यसै आर्थिक वर्षको असारभित्र दुवै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए । अहिले पुलको काम सन्तोषजनक प्रगति छ । निजाङगाडमा ९५ प्रतिशत र लास्कु खोलामा ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया