पर्यटनले पुनर्जीवन पाउन कति समय लाग्ला ?
काठमाडौं ।
विश्व पर्यटनको तथ्यांक हेर्दा विगत वर्षहरूमा अपवादवाहेक विश्वमा घुम्न निक्लिने पर्यटकहरूको संख्या लगातार बढेको बढ्यै देखिन्छ । जस्तो कि, सन् १९९० मा विश्वमा पर्यटक भएर घुम्न निक्लिने मानिसहरूको संख्या चार सय ३८ मिलियन अर्थात् ४० करोड ३८ लाख थिए भने सन् २००८ मा ९० करोड २० लाख मानिसहरू घुम्नका लागि विश्वका विभिन्न देशमा गएका थिए । तर, यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लिने पर्यटकहरूमध्ये ४६/४८ देखि ५५/५९ प्रतिशतसम्म युरोपीयन देशमा घुम्न निक्लिने गरेको देखिन्छ । त्यसमा पनि फ्रान्स हरेक वर्ष विदेशी पर्यटकहरूको पहिलो गन्तव्य हुने गरेको छ/भई रहेको छ ।
स्मरणीय के छ भने, त्यसरी पर्यटक भएर घुम्न निक्लेका मानिसहरूले गर्ने खर्चको तथ्यांक भने, संख्याको बढोत्तरीभन्दा अझ बढी अर्थात् राम्रो रहेको देखिन्छ । उदाहरणका लागि यहाँ उल्लेख गर्नुपर्दा सन् १९९० मा विश्वमा पर्यटक भएर घुम्न निक्लिने मानिसहरूले दुई सय ६४ मिलियन अर्थात् २० करोड ६४ लाख अमेरिकी डलर खर्च गरेका थिए भने सन् २००८ मा नौ सय ४१ मिलियन अर्थात् ९० करोड ४१ लख अमेरिकी डलर खर्च गरेका थिए ।
हुन पनि अहिले त वार्षिकरूपमा एक अर्ब २० करोड, एक अर्ब २५ करोड, एक अर्ब ३० करोड, एक अर्ब करोड ४० करोड, एक अर्ब ४४ करोड हुँदै क्रमशः बढ्दै गएको छ । यसरी वर्षैपिच्छे विश्व भ्रमण गर्न निक्लिने पर्यटकहरूको संख्या बढ्ने क्रममा सन् २०१९ मा एक अर्ब ४६ करोड ६० लाख पुगेको थियो । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को महामारी सुरु भएसँगै निरन्तरता पाउन सकेन ।
फलतः सन् २०२० मा विश्वमा घुम्न निक्लिने पर्यटकको संख्या पनि ठूलो परिणाममा अर्थात् ७४ प्रतिशतले घट्न गयो । यसअघि सन् २००८/००९ को आर्थिक मन्दीले गर्दा विश्वमा घुम्न निक्ले पर्यटकको संख्या सन् २००९ मा पनि अघिल्लो वर्षको तुलनामा चार दशमलव दुई प्रतिशतले घटेको थियो । तर, विश्वका विभिन्न देशमा पर्यटक भएर घुम्न निक्लेका पर्यटकहरूले गरेको खर्च भने खासै घटेन । घटे पनि थोरै परिणाममा मात्रै घटेर आठ सय ५२ मिलियन अर्थात् ८० करोड ५२ लाख अमेरिकी डलर रहेको थियो ।
यसरी हेर्दा सन् २००९ मा विश्वभरि घुम्न निक्लेका मानिसहरूको संख्याको प्रतिशतभन्दा उनीहरूले खर्च गरेको रकमको प्रतिशत झिनो प्रतिशत मात्रै कम अर्थात् शून्य दशमलव एक प्रतिशतले कम रहेको थियो । अर्थात् सन् २००८ को तुलनामा सन् २००९ मा विश्वमा घुम्न निक्लिने पर्यटकको संख्या चार द शमलव दुई प्रतिशतले कम थियो भने, उनीहरूले गरेको खर्च भने चार दशमलव एक प्रतिशत मात्रै घटेको थियोे ।
स्मरणीय छ, सन् २००८ मा विश्वका विभिन्न देशका नौ सय २० मिलियन (९० करोड २० लाख) मानिसहरू पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका आठ सय ८० मिलियन ८० करोड ८० लाख मानिसहरू मात्रै पर्यटक भएर घुम्न निक्लेका थिए । त्यो बेलाको तथ्यांक हेर्दा सन् २००८ मा विश्वका विभिन्न देशका नौ सय २० मिलियन मानिसहरू पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका आठ सय ८० मिलियन मानिसहरू मात्रै पर्यटक भएर घुम्न निक्लेका थिए २०/२५ वर्षदेखि खासमा लगभग सन् २०१९ को अन्त्यतिर सुरु भएको (कोभिड–१९)को महामारीका कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक केही समयअघि संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले प्रकाशित गरेको छ । जबकि सन् २०१९ मा भन्दा सन् २०२० मा तीनदेखि चार प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने प्रक्षेपण गरिएको थियो ।
यसरी हेर्दा विश्व पर्यटन उद्योगले सन् २०२० मा ठूलो संख्यामा पर्यटक मात्रै गुमाएन कि, पर्यटक गुमाए सँगसँगै पर्यटनबाट हुने आम्दानी पनि ठूलो मात्रामा गुमाएको छ । विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० मा मात्रै पर्यटनबाट हुने आम्दानीमध्ये १० खर्ब तीन अर्ब अमेरिकी डलर खुद आम्दानी गुमाएको छ । यो भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आम्दानीभन्दा ११ पटकले बढी हो ।
हुन त सन् २०२० मा समय, परिस्थिति र अवस्था सब ठीकठाक भएको भए अर्थात् कोभिडको महामारीले असर नपु-याएको भए सन् २०२० मा कम्तीमा २० लाख विदेशी पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेको थियो । तर, कोभिड १९ को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आफ्नो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो ।
त्यसो त कोभिड १९ को महामारीकै कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक माथि नै उल्लेख गरिसकिएको छ । फलतः नेपालमा सन् २०२० मा केवल दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यसरी सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोभिड १९ को महामारीले विश्वव्यापी असर नपु-याएको भए निश्चय नै विश्व पर्यटनमा सकारात्मक असरको प्रभाव पर्ने थियो भनी ठोकुवा गर्न सकिन्छ ।
यसरी हेर्दा आगामी दिनमा पनि हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या कसरी बढाउने ? त्यसका लागि फेरि पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । हुन त सन् २०२१ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या उल्लेख्यरूपमा बढेको मान्न सकिन्छ । किनभने हालै अध्यागमनको हवाला दिँदै नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको एक समाचारअनुसार सन् २०२१ को जनवरी महिनामा आठ हजार आठ सय ७४ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । संख्याकै आधारमा हेर्दा यो भनेको धेरै राम्रो संख्या हो भन्न सकिन्छ ।
यति बेला सन् २०२० सकिएर सन् २०२१ को फेब्रुअरी महिनाको तेस्रो हप्ता चलिरहेको) हुँदा अब नेपाल सरकारले नयाँ पर्यटन नीति ल्याउन लागेको हुँदा यो नयाँ नीतिमा ‘कुनै देशका विदेशी पर्यटकले आफ्नो देशमा कोभिड १९ महामारीविरुद्घको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र सर्टिफिकेट देखाएमा विगतमा जस्तो नेपालमा ७ दिन वा १० दिन क्वारेन्टाइन नबसीकनै नेपालको कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जान पाउनेछन् ।’ निश्चय नै नेपाल सरकारको यो नयाँ नीतिले गर्दा नेपाल आएर सात वा १० दिनसम्म अकारण बसेर अनावश्यक खर्च गर्नुपर्ने जुन बाध्यता थियो, त्यो नीतिले गर्दा निम्न र निम्न–मध्य आय भएका विदेशी पर्यटकहरूलाई अनावश्यक खर्च गर्नुपर्ने समस्या हट्नेछ भने, धन्याढ्य र समय कम हुने धनीमानी विदेशी पर्यटकहरूका लागि पनि बेकारमा सात वा १० दिनसम्म बस्ने र अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्नेछ ।
हुन त नेपाल सरकारको अबदेखि कुनै पनि पर्यटकले सात वा १० दिन क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान वा भनौँ नीतिले नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकहरू ह्वारह्वार्ती आउने र उखरमाउलै गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या बढ्नेछ भन्ने अवश्य नै होइन । त्यस्तै नेपाली पर्यटन क्षेत्रमा लागेकाहरू खासगरी पर्वतारोहण, चट्टान आरोहण, साइक्लिङ, पदयात्रा, -याफ्टिङ, होटेल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ आदिमा कार्यरत मजदुरहरूको भने एक किसिमको बिचल्ली अवस्था कायमै छ ।
पर्यटन व्यवसायी (मालिकहरू)का लागि भने नेपाल सरकारले सानोतिनो सहुलियत प्याकेज ल्याएको देखिन्छ । जबकि पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही न केही राहत र सहुलियत प्याकेज ल्याउनुपर्ने थियो । किनभने, मजदुरहरू भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्ड नै हुन् । तर, पनि सरकारले पर्यटन मजदुरहरूको मर्का नबुझेझैं लाग्छ ।
किनभने, पर्यटन मजदुरहरूका लागि नेपाल सरकारले आजका मितिसम्म कुनै कार्यक्रम ल्याएको थाहा भएन । बरु उल्टो के देखिन्छ भने, ‘पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही न केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनु प-यो’ भनी नेपाल पर्यटन बोर्डमा आफ्नो माग राख्न गएको पर्यटन मजदुरहरूको टोलीलाई प्रहरी प्रशासनले लाठीमुङ्ग्री गर्नेगरेको देखिन्छ । जुन काम पर्यटन मजदुरहरू माथि भएको छ, त्यो सर्वथा अन्याय हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया