नाडाद्वारा ताप्लेजुङ आगलागीपीडितलाई आर्थिक सहयोग
काठमाडौं ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङमार्फत ताप्लेजुङ्गका आगलागीपीडितलाई आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय नाडा प्रतिनिधिले आइतबार मन्त्री नेम्वाङ्गलाई भेटी सहयोग हस्तान्तरण गरेका हुन् ।
नाडाको सामाजिक उत्तरदायित्वअन्तर्गत ताप्लेजुङ्गको दोभानमा भएको आगलागीपीडितहरुको लागि सहयोगस्वरुप दुई लाख एक हजार रुपैयाँको चेक जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ्गको नाममा मन्त्री नेम्वाङ्गलाई हस्तान्तरण गरिएको नाडाले जनाएको छ । सहयोग हस्तान्तरणपछि मन्त्री नेम्वाङ्गले देशमा परेको आपत्विपत्को समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिए ।
साथै उनले नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरी प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी गराउने बताए । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया