Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहाकालीको चार लेनको पक्की पुल दशैँसम्म सञ्चालनमा आउने

महाकालीको चार लेनको पक्की पुल दशैँसम्म सञ्चालनमा आउने


कञ्चनपुर ।
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल २०७८ सालको दशैँसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माण कम्पनी कुमार सीएफसी जेभीका इन्जिनियर किशोर पाण्डेयले दशैँसम्म पुल निर्माण सम्पन्न गरिने बताएका छन् । जम्मा ३२ वटा स्ल्याप लाग्ने पुलमा १७ वटा पूर्ण भएको र बाँकी बन्ने क्रममा रहेको उनले बताए ।

उनका अनुसार पुलको सबै पिल्लर निर्माणसम्पन्न भएको छ । पुल निर्माणसँगै ७/८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई किलोमिटर सडक निर्माणको काम पनि सकिनलागेको बताएको छ । असार मसान्तसम्ममा साढे पाँच किलोमिटर सडक निर्माण सकिने कम्पनीको भनाइ छ । तीन अर्ब ६६ करोड भ्याटसहित लागतमा तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको पुलको १८ महिना म्याद थप गरिएको हो ।

निर्माण कम्पनीले २०७८ फागुन १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुलको लम्बाइ आठ सय मिटर र चौडाइ २३ दशमलव आठ मिटर छ । २०७४ भदौ १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका थिए । सुदूरपश्चिम प्रदेशको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण रुपमा हेरिएको महाकाली पुल निर्माण भएपछि कञ्चनपुरसहित समग्र सुदूरपश्चिम प्रदेशले अर्थतन्त्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया