चन्द्रगढी विमानस्थलमै बन्दै हवाइ इन्धनको डिपो
झापा ।
हवाइ सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरूपमा हवाइ इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।
नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए । सो जग्गामा पाँच करोड रूपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो । पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेन्डर आह्वानका लागि पहल गर्ने भएको उनले बताए ।
विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिनेछ । उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरिद गरी सिधै विराटनगर पु-याइने र गुणस्तर जाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो । ‘स्थायी संरचना नहुँदा विराटनगरबाट ट्यांकरमा इन्धन ल्याउने र ट्यांकरबाटै सप्लाइ गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो समस्याबाट मुक्त हुन्छ । सिलगुढीबाट खरिद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ ।’
निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए । दैनिक चन्द्रगढी विमनस्थलबाट नौवटा विमानले उडान भरिरहेको छ । जसमा पाँचवटा बुद्ध एयर, दुईवटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको छ । डिपो स्थापनासँगै सस्तो मूल्यमा सहज हिसाबले हवाइ इन्धन उपलब्ध हुने पर्यटन व्यवसायी तथा अनिमेश ट्राभल्सका सञ्चालक गोपाल खनालले बताए । उनले सिलगुढीबाट विराटनगरसम्म पु-याएर इन्धन फिल्टर गरेर ल्याउनुपर्ने झन्झटिलो र महँगो प्रक्रियाको अन्त्य हुने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया