अर्घाखाँची सिमेन्टद्वारा निर्माणविज्ञसँग अन्तर्क्रिया
काठमाडौं ।
अर्घाखाँची सिमेन्ट प्रालिले कपनको फैकामा निर्माणविज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माणविज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताएको छ । स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी शनिबार कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो । ८० जना निर्माणविज्ञ तथा व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रियाको सञ्चालन गरिएको थियो ।
कार्यक्रममा अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण व्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे । मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको चयनमा निर्माण व्यवसायीहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।
आधिकारिक बिक्रेताहरुको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का सञ्चालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको बिक्रीवितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । उनले भने, ‘मैले बिक्री गर्ने सिमेन्टहरुमध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरीय सिमेन्ट हो । त्यसैले तपाईँ निर्माण व्यवसायीहरुलाई घर बनाउँदा सोही सिमेन्टको प्रयोग गर्न अनुरोध गर्दछु ।’
कम्पनीले कार्यक्रममा लक्की ड्रमार्फत तीन जना भाग्यशाली निर्माण व्यवसायीलाई आकर्षक उपहारहरु वितरण गरेको थियो । यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडौंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया