धुर्मुस सुन्तली फाउण्डेसनको कुर्सी अभियानमा कुर्सी सुरक्षित गर्ने पहिलो कलेज मेधावी
काठमाडौं ।
धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शंखमूलमा रहेको सो कलेजले एक लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ । कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेको छ । फाउण्डेसनले कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने बताएको छ ।
फाउण्डेसनले भनेको छ, ‘कुर्सी अब आफ्नै नाममा, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया