लाखौं खर्चेर बनाएको शौचालय प्रयोगमा नआउँदै भत्किन थाल्यो
दोलखा ।
लाखौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको एक विद्यालयको शौचालय प्रयोगमा नआउँदै भत्किन थालेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाले कालीदेवी आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि १४ लाख ७० हजार रूपैयाँ अनुदान दिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य विशाल बस्नेतले विद्यालयले आएको बजेट बचाउन खोज्दा शौचालय कम गुणस्तरीय बनेको बताए । विद्यालयले धारासहितको शौचालय बनाउन करिब तीन लाख रूपैयाँमा ठेक्का दिएको थियो ।
निर्माण सकिन बाँकी रहँदै शौचालयमा फिनिसिङ गरिएको टायल तथा मार्बल फुट्न र उप्किन थालेको छ । विद्यालयलाई गत आवमा प्रविधिमैत्री शौचालय निर्माण गर्न १४ लाख ७० हजार रूपैयाँ बजेट निकासा भएको थियो । विद्यालयले दुई लाख ९० हजारमा शौचालय निर्माणको जिम्मा बैतेश्वरका एक व्यक्तिलाई दिएको थियो । शौचालयमा प्यान टायलभन्दा धेरै तल फिट गरिएको छ । विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेले भने निर्माणको काम अझै बाँकी रहेकाले शौचालयमा देखिएको कमजोरीलाई सुधार गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया