हनुमन्ते खोला जग्गा एकीकरण आयोजनामा दुई कार्यालयबीच भिडन्त : वक्तव्यको लडाइँ
काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित हनुमन्ते खोला जग्गा एकीकरण आयोजनामा सरकारी निकायबीच नै लफडा र आरोप प्रत्यारोप भएको छ । नगरपालिका भक्तपुरस्थित आयोजना प्रमुखलाई नै थाहा नदिई काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको पाइएको छ ।
मंगलबार एक दैनिक पत्रिकामा प्राधिकरणले भौतिक योजनाको मस्यौदा तयार भएको र उक्त मस्यौदामा केही उजुरी भए प्राधिकरणको भक्तपुर आयुक्त कार्यालयलाई सूचना दिन भनिएको छ । तर, उक्त सूचनाको खण्डन गर्दै बुधबार प्रकाशित गोरखापत्रमा मध्यपुर ठिमी नगरपालिका र आयाजना प्रमुखले खण्डन गरेका छन् ।
‘सो आयोजना मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट संयुक्तरूपमा सञ्चालन गर्ने गरि उपभोक्ता समिति गठनका प्रक्रियामा रहेको र आयोजना प्रमुख समेत तोकी कार्य समेत भइरहेको अवस्थामा कार्यरत आयोजना प्रमुखलाई थाहा नै नदिई सूचना प्रकाशन हुनु आपत्तिजनक विषय हो,’ गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनामा भनिएको छ, ‘हनुमन्ते जग्गा एकीकरण आयोजनाका सम्बन्धमा, डीपीआर तयार भई आयोजनामा पर्ने धनीहरूको जग्गा फिर्ताको सुनिश्चितता नभएसम्म र नगरपालिकाले सीमांकन नगरुञ्जेलसम्म कुनै पनि कार्य अगाडि बढ्न नदिने र सोसम्बन्धी जानकारी सम्बन्धित निकायलाई समेत जानकारी गराउने भनी यस नगरपालिकाका, नगरकार्यपालिकाको २०७७।१०।१८ गतेको ५०औं बैठकबाट निर्णय भई सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको अवस्तामा आयोजनाको भौतिक मस्यौदा तयार भएको भन्ने सूचना प्रकाशन गरी भ्रम सिर्जना गरिएको हुँदा कोही पनि भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया