आगलागी र चट्याङ : विपत् व्यवस्थापनमा कमजोरी
काठमाडौं ।
नयाँ वसन्तको आगमनसँगै मौसम परिवर्तन भएको छ । चिसो मौसमलाई बिदा गर्दै गर्मी मौसमतिर जाँदै छौँ हामी । सबैलाई थाहा छ यो वर्ष पानी कम प-यो । देशमा पोष्ट मौसमको समय भनेको १५ असोजदेखि १५ मंसिर हो, यतिबेला औसत ९० मिमि पानी पर्नुपर्ने हो । यस वर्ष त्यसो भएन, केवल २३ दशमलव एक मिमि मात्रै प-यो । यसको मतलव केवल एक चौथाइ मात्रै वर्षा भयो । १६ मंसिरदेखि १५ फागुनको समय हिउँद हो यो समयमा ६० दशमलव नौ मिमि पानी पर्नुपर्नेमा यो वर्ष यतिबेला १५ दशमलव चार मिमि भनौँ एक चौथाई मात्रै पानी प¥यो । अहिलेको समय मार्च महिना भनेको प्रि मौसमको समय हो । यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छन् ।
भूकम्प, बाढी, पहिरो हाम्रा विपत्तिहरू हुन् । साँच्चै भन्नुपर्दा देशको विपत्ति भनेको पहिलो श्रेणीमा पर्छ, आगलागीको घटना र दोस्रोमा पर्छ चट्याङको घटना । यस वर्षको प्रिमौस सुरु हुन नपाई भर्खरै लमजुँगको एक विद्यालयका विद्यार्थीले चट्याङका कारण ज्यान गुमाए भने दुई घाइते रहे । सुर्खेतमा यसैका कारण हालसालै घर, गोठ र पशु धनको क्षति भएको छ, सिन्धुली र ताप्लेजुङगमा केही समयअघि चट्याङकै कारण एक घाइते भए भने धेरै धनमालको नोक्सान भएको छ । गतवर्षको चर्चा गर्ने हो भने एक वर्षमा चट्याङको घटना संख्या दुई सय ३२ वटा देखियो भने ६७ जनाले यसैबाट आफ्नो जीवनी अन्त्य गर्न पुगे । चट्याङकै कारण ६२ लाख २९ हजार पाँच सयबराबरको धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधिकरणको भनाइ छ ।
चैत वैशाखमा किसानहरू प्रायः मकैबारीको काम, चैते धानका कारण खेतबारीतिरै रहन्छन् । यस्ता विपत्तिमा पर्ने पनि तिनै हुन्छन् । देशमा पाँचवटा मौसम पूर्वानुमानका संकेत दिने स्थानहरू छन् र पनि तिनमा या त प्रविधिको अभाव छ या आर्थिक व्यवस्थापनको । र त अधिकांशले आफू जोगिन आकाशको कालो बादल या मेघगर्जन या अन्य कुनै प्राकृतिक इशारालाई बुझ्नु पर्ने बाध्यता छ ।
मेलम्चीको सपना जुर्मुरायो सुन्दरीजलमा, केही पानी हालियो, वाग्मती केही रसिलो भयो । तर अधिकांश हामो जमीन सुख्खा छ, जसका कारण जीव जन्तुलाई जिउन त कठिन छ नै, पिउने पानीको अभाव छ, पानीको अभावमा काठमाडौँवासी पछिल्लो समय साँच्चै तड्पिएर महांकालचौर शाखामा थाल ठटाउन गएको पनि धेरै भयो । खेती उर्बर छैन, उत्पादन घटेको छ । प्रि मौसमको समय शिवरात्रिका दिन छिटाछिटी काठमाडौँमा पानी पर्नुबाहेक खासै जमिन भिजेको अवस्था छैन ।
सुख्खा मौसममा आगलागी, डँढेलो, चट्याङ, आदि विपत्ति बढी हुनु स्वाभाविक हो । पहाडी जन जीवन जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुनेगरेको अनुभव ताजै छ । तराई हाम्रो उस्तै जोखिममा छ जहाँ गर्मी धेरै हुने, घरहरू फुसका, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना हृदयविदारक बनेका छन् । तराई क्षेत्र मात्र नभएर यस्ता विषम परिवेश हाम्रो पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम आदि पनि छन् । ताप्लेजुङको यसै फागुन १८ गतेको दोभान बजारको आगलागीको घटना सेलाएको छैन । त्यसो त पश्चिमी भू–भाग लुम्बिनी त्यस्तै छ ।
विपत्को खतरा सूचीमा संघीय राजधानी एक नम्बरमै पर्छ । हिउँदमा पानी कम पर्नाले, झाडी, बन, बुटेन, पतझरहरू सुक्नाले आगलागीका घटना बढी हुने गर्छन्, यहाँ मात्रै होइन विकसित देश अष्ट्रेलियामा पनि पानी कम परेकै कारण गत वर्ष आगलागीका धेरै घटना घटेका थिए ।
विगत १० वर्षको स्मरण गर्ने हो भने देशभर १५ हजार दुई सय ४६ यस्ता घटना घटेका जसमा छ सय ८९ जनाले ज्यान गुमाएका, दुई हजार ३४ जना घाइते भएका र १९ अर्ब ४१ करोड १७ लाखबराबरको धनमाल क्षति भएको तथ्यांक छ । यसै सेरोफेरोमा काठमाडौँ जिल्लामा मात्रै एक हजार दुई सय २२ घटना भएको, ५२ जनाको ज्यान गएको र दुई सय ११ घाइते भएको तथ्याङ्क छ । पूर्वको मोरङमा आठ सय ९७ घटना घटेको, २२ जना मरेका र ९१ जना घाइते भएका थिए । बारा, पर्सा, महोत्तरी, सप्तरीमा यस्ता घटना धेरै छन् । ताप्लेजुङ दोभान बजारको भर्खरैको आगलागी घटनामा ४० करोड बढीको धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधीकरणको भनाइ छ ।
त्यसो त यो जिल्ला यस्तो पिवत् घटनामा निकै अगाडि छ । भुक्तभोगीहरू बताउँछन् ताप्लेजुङमा यस्ता घटना वि सं १९९४, ९५, २००६, २०१३, २०१८, २०३५, २०६०, देखि ६५ सम्म हरेक वर्ष, र ७०,७१ सालमा पनि ठूला घटनाहरू भएका थिए । ताप्लेजुङमा ठूलो आगलागीका कारण २०६० मा ४५ घर नष्ट भई ५१ करोडको, २०६८ मा आठ घर नष्ट भई आठ करोडको, २०६९ मा पाँच घर नष्ट भई पाँच करोेडको, २०७१ मा ४४ घर नष्ट भई ४१ करोडको र यसअघिको घटनामा सात घर नष्ट हुँदा साँढे सात करोडबराबरको धनमाल नष्ट भएको थियो ।
मौसम पूर्वानुमानझैं चट्याङको पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ थियो । र पनि प्राकृतिक र मानव निर्मित मानौँ सधैँ आइरहने विपत्ति सहिरहनु नेपालीको नियति नै भएको छ । कोही च्याउ खाँदै गर्दा मानिसले मृत्युवरण गरेका छन् भने गत वर्ष महोत्तरीमा १० जनाको इहलीला समाप्त भएको कारणलाई मदिरा सेवन भनिएको थियो । पश्चिमको म्याग्दीमा डिँगोको प्रकोप थियो भने पूर्व मोरङतिर ठेउला र दादुराको प्रकोपका खवरहरू छरपस्ट बाहिर आएका थिए केही समयअघि । सर्लाहीमा हावाहुरीकै कारण एकको मृत्यु, चट्याङका कारण रोेल्पामा दुई जनाको मृत्यु् भनौँ चट्याङकै कारण वर्षेनी हामीकहाँ एक सय औसतमा मानिसको ज्यान जाने गरेको यथार्थ छ ।
विगत वर्षको वसन्तमा हावाहुरीले तराई क्षेत्र खासगरी बारा, पर्साको जीवन अस्तव्यस्त बनेको, हरेक याममा यस्ता घटना घटिरहेका अनि हामी मूकदर्शक भई हेरिरहेका छौँ र बाध्य भई सहनुको विकल्प छैन । सबैको अभिभावक भनिएको सरकारबाट संरक्षण हुनुपर्ने मलमपट्टी हुनुपर्ने हो । सरकार अहिले प्रतिनिधिसभालाई विजनेस दिन सकिरहेको छैन, सरकार चलाउने दल विग्रहको स्थितिमा छ । सत्ताको अंकगणित, जोडघटाउ र दलहरू तानातानको अवस्थामा देखिएका छन् । एकजुट भई राष्ट्रिय एजेण्डामा जान सकेका छैनन् । बाढी, पहिरो, हावाहुरी, चट्याङ् र आगलागीका घटनाहरूले मुलुकलाई आक्रान्त नै पारेको छ ।
हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन । वर्षेनी भू–क्षय, बाढी, पहिरोले उर्वर माटो बगेर खेर गएको छ भने पानीको धनी देश भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन, पानीको प्रयोगका लागि अर्काको मुख ताक्नु परेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि त्यो पनि हप्ताकै दुई पटकको वेदना असह्य भएको छ देशमा । यसको प्रभावमा यातायातको भाडा वृद्धि गर्ने चेतावनी आइसकेको र भाडा वृद्धि भए बजारभाउ झन् के होला ?
कहिले भूकम्प, कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले बाढी र पहिरो अनि हावाहुरीलगायत आगजानीको चपेटोले मुलुक आक्रान्त छ । चट्याङ्, खडेरी, विभिन्न रोगका महामारी मात्रै होइन, शीतलहर र हिमपात ताल तलैयाहरूको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । हैजा र वर्डफ्लू, स्वाइन फ्लूका घटनाले पनि जीवन धराशायी भएकै हो ।
अन्तर्राष्ट्रिय स्तरको कोरोनाको विगबिगी घटेको छैन । पहिलो डोज खोप त लगाइयो होला, अब दोस्रोको तयारी गर्न ढिलो भएन ? दोस्रो लगाइएन समयमा भने पहिलो के अर्थ रहला त ? विपत् न्यूनीकरणमा यसका लागि केन्द्र, जिल्लाहरूमा व्यवस्थापन समिति, आपत्कालीन गोदाम घरको स्थापना, मानवीय सहायता कक्षको स्थापना पनि नभएको होइन, क्षेत्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रहरू पनि नभएका होइनन् । सुरक्षा निकायलाई उच्च सतर्क गराइएको अवस्था पनि हो । तर मुलुकको मौसम अवस्थाले सधैँ सबै ठाउँमा राहत र आपत् उद्धारका कार्यलाई तिव्र बनाउन सक्ने अवस्था छैन । मौसम राम्रो हुँदा पनि कोरोना सन्त्रासमा घरभित्र थुनिँदा र घर बाहिर घर जान लर्को लागिरहँदा मानिसको दर्दनाक अवस्था देखियो, विचल्ली र हाहाकार भएको यथार्थ कसैबाट छिपेको छैन ।
मुलुकमा विपत्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । त्यसका लागि क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ । भौतिक विकासको स्वरूप तय गर्दा पछि पर्नसक्ने वातावरणीय असर, सम्भावना, चुनौती सबै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । बजेट तान्ने पवृत्ति, विकासको नाममा जथाभावी डोजर आतङ्क गरिनु हुन्न । माटोको अवस्था नहेरी ठूला भवनहरू निर्माण गर्न दिनुहुन्न ।
विकास भनेको सहरीकरण मात्रै होइन । मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोवास हेर्दा देशका प्राविधिक योजना शून्य प्राय भएको निस्कर्ष निस्कन्छ । दुई/चार घण्टाको अविरल वर्षाले विकसित भनिएको काठमाडौं उपत्यका एकै क्षणमा कुरूप भैहाल्ने गरेको छ । बस्ती सुरक्षित छैन । दमकल, पानीको गाडी नपुग्ने टोल, बस्ती राजधानीमा धेरै छन् । गर्भवती, सुत्केरी, रोगी बालवृद्धहरूको पीडा सही नसक्नु छ । संघीयता भएपछि सबै यहीँ थुप्रनु पर्ने किन ? दलका नेताहरूलाई केन्द्रमै आवास बनाइदिएर पाल्नुपर्ने किन ? दुर्गम क्षेत्र कस्तो होला ? पीडितको सही पहिचान, पीडितलाई तत्काल राहत र पुनर्स्थापनासम्बन्धी कार्यमा पनि एकरूपता भएन ।
संघसंस्थाहरूबीच समन्वयको अभाव छ । जताततै राजनीतीकरण हुनेगरेको छ । निमुखाले सहारा नपाउने अवस्था छ । विकासको ठूलै नारा दिने सरकारले यसै आवको विगत आठ महिना भनौँ हालैको फागुनसम्ममा २३ प्रतिशत मात्र पुँजीगत खर्च हुन सकेको महालेखानियन्त्रक कार्यालयको भर्खरैको भनाइ छ । बाँकी ७६ प्रतिशत प्रगति अबको चार महिनामा सम्भव होला त ? राष्ट्रपति कार्यालय, बालुटारको दलको भिडले मात्रै देशमा विकास होला त ? नेतृत्वले राजनीतिका मात्रै कुरा गर्ने, अनि देशको विकासको जिम्मा कसलाई दिन खोजेको ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया