काठमाडौं ।
सतहत्तर सालको चैत्र १५ अभिलेखमा रहने दिन बन्यो खासगरी काठामाडौं उपत्यकाका लागि । यस दिन उपत्यकाको एउटा पूर्वी पहाड छेडेर ल्याइएको खानेपानी जनताका घरघरका धाराबाट खस्न थाल्यो । सुरुमा कसैले नपत्याएको र पछि विकास निर्माणका लागि दुःखद उदाहरणजस्तै बनेको मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएको पूरै दुई दशकभन्दा बढी समयपछि विपनामा परिणत भयोे । यो आयोजना २०५५–५६ बाट सुरु भएको हो । धेरै पटक समय थपिँदै राष्ट्रिय गौरवको भन्न पनि नसुहाउने गरी ढिलासुस्तीको चक्करमा परेको यो आयोजनाको सपना करिब २५ वर्षपछि विपनामा परिणत भयो । अहिलेको सरकारले २०७५ सालको दशैँमा ल्याउने घोषणा गरे पनि त्यो पूरा हुन पूरै तीन वर्ष लाग्यो ।
सम्बन्धित निकायका अनुसार उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । यो आयोजनाले सुक्खा सिजनमा पनि करिब १० करोड लिटर पानी ग्राहकका धारासम्म पानी पुग्नेछ । मेलम्चीका उपभोक्ता करिब आधा करोडको हाराहारीमा रहेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् । यसको प्रारम्भको दिनदेखि केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारछेउको अनामनगर क्षेत्रमा नयाँ लाइनका १६ सय धारा पाइलट प्रोजेक्टअनुसार चौबीसै घण्टा पानी दिने योजना रहेको बताइएको छ । अन्यत्र भने रोटेसनका आधारमा वितरण गर्नेगरी तयारी रहेको छ ।
काठमाडौँ उपत्यकाभित्र केयूकेएलको सेवाअनुसार दुई लाख २५ हजार धारा रहेका र पहिलो दिन नै यी सबै धारामा पानी पु-याउन लागिएको हो । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारीका अनुसार समितिको जिम्मेवारी मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्म ल्याउने हो । गएको शुक्रबार प्रशोधन केन्द्रमा पानी राखेर प्रशोधन गरी थोक वितरण केन्द्रमा पठाउन थालिएको छ । नयाँ निर्माण भएका पाइपलाइन र पानीपाखेरीको परीक्षण तथा सफाइको काम मेलम्ची उपायोजना–२ ले गरिरहेको छ । केयूकेएलका प्रवक्ताका अनुसार पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । वितरित पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानै प्रणालीबाट वितरण गरिनेछ, सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिनेछ ।
यी भनेका प्राविधिक कुरा हुन् । सत्य के हो तीन दशकअघि देखिएको र बोलिएको कुराअनुसार डाँडापारिको पानी डाँडावारि आएको छ । सन्तनेता स्व. कृष्णप्रसाद भट्टराईले २०४७ सालमा मेलच्ची खोलालाई राजधानीमा ल्याएर खान मात्र होइन बाटो समेत पखालिनेछ भनी घोषणा गर्दा यो कल्पनाको विषय भनेका थिए धेरैले । कतिले त व्यंग्य समेत गरे । तर ०५५/५६ सालमा उहाँकै हस्ताक्षरबाट आयोजना सुरू पनि भयो । प्रविधिको जटिलताले यो विषय त्यसबेला त्यति सहजरूपमा पत्याउने अवस्था थिएन होला ।
मेलम्ची खोला राजधानीभन्दा २७ किलोमिटर टाढा त्यो पनि चट्टानी पहाड फोरेर पानी आउँछ भन्ने विश्वास दिलाउन त्यति सहज थिएन । ३० वर्षअघिको प्रस्ताव हो । तर जसले पत्याए पनि नपत्याए पनि यो अभियान रोकिएन । लागत र वर्षको हिसाबले त्यसबेलाको अनुमानभन्दा बढी खर्च भयो तर राजधानीमा पानी आयो । यही हो सत्य कि लामो समयदेखि सपनाका रुपमा रहेकोकाठमाडौँवासीको मेलम्ची सपना पूरा भएको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया