कोरोना भत्ता नपाएको भन्दै डा.मल्लिकद्वारा धर्ना
काठमाडौं ।
सिभिल हस्पिटलका मेडिकल अफिसर डा. अजित मल्लिकले सरकारले कोरोना भत्ता नदिएको भन्दै धर्नामा बसेका छन् । आफ्नो कोरोना भत्ता हराएको र पाउने महानुभावहरुले सम्पर्क गरिदिनुहोला भन्दै डा. मल्लिकले दैनिक दुईदेखि तीन घण्टा धर्ना दिनथालेका छन् ।
सरकारले कोभिड १९ विरुद्धको उपचारमा खटिएबापतको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनी धर्नामा बसेका हुन् । ‘अस्पतालको ड्युटी सकेर आफ्नो व्यक्तिगत समयमा यहाँ धर्ना दिन आएको हुँ’, डा. मल्लिक भन्छन्, ‘मेरो ड्युटी हुन्छ, म ड्युटी गर्छु, ड्युटी सकेर नियमितरुपमा यहाँ धर्नामा आउँछु । सरकारको ध्यानाकर्षण गराउनको लागि म यहाँ धर्नामा बसेको हुुँ ।’
कोरोना भत्ता नपाएसम्म दैनिक यसरी नै धर्नामा बस्ने डा. मल्लिकले बताएका छन् । अहिलेसम्म अस्पतालले कोभिड भत्ता दिने बहानामा आफूलाई आश्वासन मात्र दिने गरेको भन्दै उनले अस्पतालसमक्ष आक्रोश पोखेका छन् । ‘कोरोना उपचारको क्रममा आफै संक्रमित भएँ, आफ्नो ज्यान जोखिममा राखेर काम गरेँ तर अहिलेसम्म भत्ता पाइनँ, यो धर्ना भत्ता नपाएसम्म कायम रहन्छ’, उनले भने ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया