काठमाडौं ।
वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाइजहाजभित्र आफ्नो सांगीतिक एल्बम ‘यो मुटुमा सधैँभरि’ विमोचन गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट विमोचन गरेर ‘वल्र्ड बुक अफ रेकर्डस्’मा कीर्तिमान कायम गरेका हुन् ।
उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनबाट विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण भएको थियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वर्ल्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कटवाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वर्ल्ड बुक अफ रेकर्डसको पिन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए । हरि गोपाल प्रधान वरिष्ठ पत्रकार/फोटो पत्रकार, साहित्यकार एवं समाजसेवी हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया