कुलप्याड मोबाइलको लखपति योजना हरेक साता एक लाख जित्न सकिने
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले गत शुक्रबार एक कार्यक्रमका बीच कुलप्याड लखपति योजना सार्वजनिक गरेको हो ।
कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता एक जना भाग्यशाली ग्राहकहरुलाई एक लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरेकी हुन् । यो योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्ये प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई एक लाख उपहार प्रदान गर्नेछ । त्यसैगरी प्रत्येक साता कम्पनीले पाँँच जना विजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ ।
कम्पनीले आगामी २०७७ वैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तर्गत आठ सातामा आठ जना प्रत्येक ग्राहकहरुलाई एक लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ । सो योजनामा सहभागी हुन कुलप्याडका कुनै पनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ । यस योजनामा प्रत्येक साता सहभागीहरुलाई गोलाप्रथाद्वारा छनौट गरी कुलप्याडको आधिकारिक फेसबुक पेजबाट घोषणा गरिनेछ ।
योजनाले कुलप्याडको ग्राहकहरुलाई नयाँ वर्षमा नयाँ उपहार दिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए । यो योजना आइतबारदेखि नेपालभर लागू भएको छ । यसका साथै कम्पनीले लखपति योजनाको अवसर पारेर आफ्नो नयाँ मोडल कुल १० पनि सार्वजनिक गरेको छ । कम्पनीले कुल १० सुपथ मूल्यमा उत्कृष्ट फोन चाहने ग्राहकहरुलाई लक्षित गरेर सार्वजनिक गरेको हो । कुल १० स्मार्टफोन नेपालभर उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया