Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘श्रमको नयाँ गन्तव्य स्पेन बन्नेछ’

‘श्रमको नयाँ गन्तव्य स्पेन बन्नेछ’


काठमाडौं, पुस २७
नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताए । श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनसहितको उच्चस्तरीय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसँग सहकार्य गर्न आफूहरु आतुर रहेको बताउँदै स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्चस्तरीय टोलीमार्फत नै मन्त्रीलाई नेपाल आउन आमन्त्रण समेत गरे । पर्यटन वर्ष २०२० को सुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटनमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्चस्तरीय टोलीसँगको भेटघाट कार्यक्रम नेपालमा उच्चस्तरीय टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध विगत पाँच दशकदेखि रहेको बताउँदै उनले नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै आएको मन्त्रीसहितको उच्चस्तरीय टोलीलाई नेपालप्रति सद्भाव र ममता देखाई सहकार्य गर्न आएको प्रति हार्दिक आभार समेत व्यक्त गरे ।

श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषिप्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिँदै कृषिलगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै सम्भावना रहेको बताउँदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे । त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सद्भाव तथा आतिथ्यप्रति आभार प्रकट गर्दै आफूहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले नेपालजस्तै स्पेन सरकार पनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउँदै निकट भविष्यमा नै स्पेनका श्रममन्त्रीसहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरे ।

उच्चस्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डो, क्यासेरेस सिटी काउन्सिलका मेयर लुइस सायाला जुलियन, एक्स्ट्रेमादुरा सरकारको बाह्य मामिलाका महानिर्देशक रोजा बालास टोरेस, सिटेक्सका उपाध्यक्ष मारिया डेल पिलर अकोस्टा, लुम्बिनी गार्डन फाउन्डेसनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा लुम्बिनी गार्डन फाउन्डेसनका सचिव एकराज गिरी रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x