सामसङ ‘ग्यालेक्सी एम१२’ बजारमा
काठमाडौं ।
सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपालमा सार्वजनिक गरेको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा छ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् । एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८ एनएम एक्सेनस प्रोसेसर जस्ता विशेषताहरु पनिरहेको कम्पनीले जनाएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ ।
कम्पनीका अनुसार फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउनेछ, जसमा ४८ मेगापिक्सलको वाइड एंगल, पाँच मेगापिक्सलको क्लोज अप, दुई मेगापिक्सलको म्याक्रो, दुई मेगापिक्सलको डेप्थ क्यामरा र आठ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको छ ।
एम १२ मा सामसङका प्रिमियम सुविधाहरु सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर रिलोडेडको लागि स्मार्ट स्विच जस्ता सुविधाहरु पनि रहेका छन् । कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनको चार जीबी -याम र ६४ जीबी रोमको १८ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, छ जीबी -याम र १२८ रोमको २२ हजार चार सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया