रियलमीले युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोन थप डिभाइजमा ल्याउने
काठमाडौं ।
रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ । ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो । प्रयोगकर्ताहरुमाझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनका लागि अधिक प्रतिक्रिया (फिडब्याक) प्राप्त भएको थियो । यसैलाई मध्यनजर गरी कम्पनीले युवावर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइडसहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउनलागेको हो ।
नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधारजस्तै नयाँ ‘एनएआर जेट ओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्य ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स५ प्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ । नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचीमा मे र जुन २०२१ मा क्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरु पहिले नै एक्सेस प्रोग्राममा सुरु भइसकेका छन् ।
कम्पनीका अनुसार रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनुअघि नै युआई अनुभूतिका लागि ओपन बिटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले खुला बिटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’मा क्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ । यसलाई सुरु गर्नुअघि तपाईँको फोनमा ब्याट्री ६० प्रतिशतभन्दा बढी र मेमोरी ५ जीबी खालि हुन जरुरी छ ।
रियलमी युआई २.० मा थुप्रै एओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिम कलर र थुप्रै थप विशेषताहरु पनि रहेका छन् । मिडिया प्लेयर, आउटपुट स्विचर र बबल नोटिफिकेसनमा पनि रियलमी ११ सँग विशिष्ट अनुभूति छन् । ट्रेन्डसेटरका रुपमा रियलमीले ट्रेन्डसेटिङ यूआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ, औद्योगिक नेतृत्वदायी डिजाइनरका साथ गोल्डेन सर्कल एण्ड मोन्ड्रियन प्याटर्नलगायतबाट प्रभावित छ, कम्पनीले ट्रेन्डसेटिङ र सरल बनाउन यूआई अपग्रेडमा विशेष ध्यान दिएको छ । विश्वका चर्चित कलाकार र संगीतज्ञसँग मिलेर समान रणनीतिका लागि रियलमीले ‘जेट’ जेनेरेसनमा थुप्रै ट्रेन्डसेटिङ विकल्प प्रदान गरेको छ ।
रियलमी युआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनीयताका साथ यसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु हो । ‘डिप सी प्राभइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सधैँ गम्भीर छ । ‘डिप सी प्राइभेसी’ फिचरले तपाईँको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र तपाईंलाई सुरक्षित बनाउँछ ।
ग्राहकलाई आफ्नो डाटा लुकाएर राख्न युआई २.० ले मद्दत गर्छ र कसैले पनि लुकाएर राखेका एप भेटाउन सक्दैन । प्रयोगकर्तालाई सुरक्षित बनाउन, अनलाइन पेमेन्ट सुरक्षित गर्न यो हितकारी हुनेछ । रियलमी युआई २.० ले थप फ्लोटिङ र मिनी विन्डो एण्ड स्लिप क्याप्सुल सुविधा प्रदान गरेको छ । नयाँ युआईले प्रणाली स्रोत ४५ प्रतिशत, सिस्टम गति ३२ प्रतिशत र फ्रेम रेट स्थिरता १७ प्रतिशतले वृद्धि भएको प्रमाणित भइससकेको छ ।
प्रविधि कम्पनीका रुपमा रियलमीले आफ्ना युवा प्रयोगकर्तालाई सधैँ ध्यानमा राखी ट्रेन्डसेटिङ कुशल जीवनका लागि उत्कृष्ट हार्डवेयर, सफ्टवेयर र इको सिस्टमलाई ध्यानमा रखेको छ । रियलमी २.० ले जेट जेनेरेसनअन्तर्गत निर्बाध मनोरञ्जन र दक्ष सामाजिक जीवन प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । नेपाल आउनलागेका थप नयाँ ८ सिरिजका रियलमी फोन चाँडै नयाँ युआई अपग्रेडका साथ आउनेछन् । भविष्यमा रियलमीले यूआईलाई थप सुधार गर्दै उत्पादन र अनुभूतिलाई थप शानदार गर्दै जानेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया