सेयर बजार परिसुचक २६ सय १९ अंकमा
४३ अंकले उकालो लाग्दा छ अर्ब १६ करोडको सेयर खरिद बिक्री
काठमाडौं ।
सेयर बजार परिसुचक २६ अंकले माथि चढेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक ४३ दसमलव ३६ अंकले उकालो लागेर २६ सय १९ दसमलव दुई अंकमा चढेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ४८ अंकले उकालो लागेर चार सय ६३ दसमलव ५९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६७ हजार एक सय ५२ पटकको कारोवारमा एक करोड १२ लाख ८१ हजार आठ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब १६ करोड ६९ लाख ५७ हजार तीन सय १८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधवार कारोवार भएका कुल उपसमुह मध्ये ट्रेडिङ समुहको सुचक ओरालो लागेर बाँणिज्य बैंक, बिकास बैंक, लघुबित्त, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा उपसमुहको सुचक उकालो लागेकाछन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया