काठमाडौं ।
गएकोे हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीबाट एउटा महत्वपूर्ण घोषणा भयो । त्यो विषय थियो आत्मनिर्भरताको । देशका लागि यो एउटा सुखद जानकारी थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको एउटा कार्यक्रममा प्रधानमन्त्रीले नेपाल पशुपन्छीजन्य उत्पादनमा पूर्णरूपले आत्मनिर्भर भयो भन्ने । प्रधानमन्त्रीकै भनाइमा यतिबेला देश धुलो दुध, बटर, अण्डा र कुखुराको मासुमा पूर्णरूपले आत्मनिर्भर भयो ।
वास्तवमा नै भनिएजस्तो त्यस्तो आत्मनिर्भरता कायम भएको भए यो सुखद पक्ष हो । हेर्दा यी सामान्यजस्ता लागे पनि अत्यधिक खपत हुने वस्तुमा पर्छन् । प्रधानमन्त्रीको घोषणाअनुसार यी वस्तु स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भइरहेकाले विदेशबाट आयात गरिराख्नुपर्दैन । वस्तु जे–जस्ता हुन तिनको आत्मनिर्भरता कायम हुन सक्यो भने त्यसको अर्थ गहिरो हुन्छ । यसको अनुकरण अरु क्षेत्रले पनि गर्न थाल्छन् । तर सर्त हो यस्तो आत्मनिर्भरताको अवस्था सही हुनुप-यो । सस्तो लोकप्रियतका लागि प्रचार गरेर मात्र हुँदैन ।
प्रधानमन्त्री ओलीको सरकार अघिल्लो मंसिरमा ठूलो हेरफेरमा प-यो । त्यसबेलाका कृषि तथा पशुपन्छी विकास मन्त्री पनि पुनर्गठनमा बाहिरिनेमा परेका थिए । त्यसबेला आफू बहिर्गमनमा परेको कारणबारे बताउँदै भनेका थिए, ‘धुलो दुधको आयात रोक्न खोज्दा यस्तो भयो । प्रधानमन्त्रीले नै त्यस्तो आयातलाई प्रोत्साहन गर्न खोज्नुभएका कारण मेरो कुरा सुनिएन र मन्त्रीबाटै हटाइयो ।’ ओराप लाग्ने र लगाउने दुवै व्यक्ति भौतिकरूपम उपस्थित रहेकाले कुरा के हो बुझ्न सकिन्छ ।
त्यसपछि धुलो दुध आयातमा रोक लाग्यो भन्ने समाचार कतै आएन । बरु प्रधानमन्त्रीले यो वस्तुमा आत्मनिर्भर भएको भनी जानकारी गराएको अघिल्लो दिनसम्म अत्यधिक मात्रामा आयात भएको भन्ने विवरण भन्सारले देखाएको थियो । भन्सारको तथ्यांकअनुसार बटर र धुलो दुधको आयात उच्च छ । चालू आर्थिक वर्षको आठ महिनामा मात्र करिब डेढ अर्ब हाराहारीको बटर र धुलो दुध आयात भयो । प्रधानमान्त्रीले पूर्णरूपमा आत्मनिर्भर भएका भनिएका वस्तुमा धुलो दुध, बटर, अण्डा र मासुजन्य, कुखुरा, खसी र बंगुर आदि पर्छन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ११ लाख ८२ हजार दुई सय ५३ किलो परिमाणको पाउडर दुध नेपाल भित्रिएको छ । विभागले बताएको चालू आर्थिक वर्षको आठ महिना भनेको गएको फागुनसम्मको अवस्था हो । प्रधानमन्त्रीले त्यस्तो घोषणा गरेको दिन हो चैत १२ ।
प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दुध, १४ किलो मासु, ४८ गोटा अण्डा उपभोग गर्नुपर्ने हुन्छ । यो संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनले तोकेको उपभोगका लागि अन्तर्राष्ट्रिय मापदण्ड हो । कृषि मन्त्रालयकै अनुसार हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दुध, १८ दशमलव एक किलो मासु र ६१ गोटा अण्डाको उपलब्धता हासिल भएको छ । सरकारी यो दाबीअनुसार आत्मनिर्भर भएको देखाउँछ तर त्यसो हो भने आत्मनिर्भर भइएको भनिएको वस्तु किन आयात भइरहेको छ भन्ने प्रश्न उठ्छ नै ।
उदाहरणका लागि उल्लेख भएको चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ४९ करोड ६५ लाख रूपैयाँभन्दा धेरै मूल्यबराबरको ९३ हजार दुई सय ५० किलो बटर नेपालले आयात भएको छ । यसैबेला पाउडर दुधको परिमाण ११ लाख ८२ हजार दुई सय ५३ किलो अर्थात् ८१ करोड ३० लाख ७० हजार रूपैयाँभन्दा धेरै रकम उता गयो । यसले प्रधानमन्त्रीले भनेजस्तो पूर्ण आत्मनिर्भरता देखाउँदैन । तर पनि यो घोषणा सही हो भने स्वागतयोग्य छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया