‘इम्बोस्ड नम्बर प्लेट’मा नेपाली अक्षर र अंकको माग
काठमाडौं ।
नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’को अवधारणा ल्याइएको भन्दै रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो ।
प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, प्रजातान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल सांस्कृतिक संघका प्रवक्ता कवि महेश प्रसाईं एवं अभियानका संयोजक अधिवक्ता रामेश्वर राउत मातृदासलगायत सहभागी थिए । समूहले सभापति देउवालाई भेटेर भाषामा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्राण र नेपालीको अस्तित्व एवं महत्व गाँसिएको अदम्य शक्ति र ताकत भएकाले त्यसको रक्षा गर्न माग गरेको संयोजक राउतले जानकारी दिए । अभियानले भाषाको अस्तित्व जोगाउन मौजुदा देवनागरी लिपिलाई बचाउन सवारीसाधनमा आफ्नै भाषाको अक्षर र अंक यथावत् राख्न अनिवार्य भएको तथ्य प्रष्ट पार्दै ज्ञापन पत्रसमेत बुझाएको छ ।
नेपालको संविधान २०७२ को धारा – १(१), धारा ७(१) , धारा –२८ , धारा –३२(३), धारा –१३३(२) र (३) तथा धारा – २७४ को (१) देखि (१०) समेतको विपरीत र बर्खिलाप गरेर भाषाको लिपि, वर्णाक्षर, अंकर गोपनीयताको हकसमेत सधैँका लागि समाप्त पारेर १२५ जाति, १२३ संस्कृति र सभ्यतालाई एकमुष्ट रुपमा समाप्त पारेर सबै नेपालीलाई स्वदेशमा बसे बँधुवा दास र विदेशमा गए शरणार्थी दास बनाउने प्राकृतिक न्यायको सिद्धान्तविपरीतको काम भइरहेकामा ज्ञापन पत्रमा असहमति जनाइएको छ । सोही क्रममा सभापति देउवाले भाषा र लिपिको रक्षाका लागि आफ्नो पार्टी सधैंँ प्रतिबद्ध भइरहने दृढता व्यक्त गरे । अभियानले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली बनाउन अभियान चलाउने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया