काठमाडौं ।
वरिष्ठ उद्योगी राजेश अग्रवालको कम्पनी राजेश हार्डवेयर प्रालिविरुद्ध ठगी उजुरी परेको छ । सागरमल अग्रवालको नाममा दर्ता भएको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख गरिएभन्दा कम तौलमा फलामे डण्डीलगायतका सामानहरू बिक्री गरेको भन्दै बालाजु प्रहरी वृत्तमा उजुरी परेको हो ।
गत चैत ६ गते दुई सय ३५ जना वरिष्ठ उद्योगीहरू प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर एमाले पार्टी प्रवेश गर्दा समेत सो दिन एमाले प्रवेश नगरेका अग्रवाल सोको भोलिपल्ट अर्थात् यही चैत ७ गते एमालेमा प्रधानमन्त्रीकै हातबाट टीका लगाएर सुटुक्क प्रवेश गरेका थिए । अग्रवालकै कम्पनीविरुद्ध बालाजु चौकीमा ठगी उजुरी परेको र हार्डवेयरमा कार्यरत कमल शर्मालाई पक्राउ गरी चौकीमा थुनामा राखिएको बालाजु प्रहरी चौकी स्रोतले बतायो ।
शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डण्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो । त्यसपछि सो शाखा नै सिलबन्दी गरेर वाणिज्य तथा आपूर्ति विभागले २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।
पछिल्लो समय उद्योगीहरूले आफ्नो राजनीतिक पहुँच बढाउँदै लानुु र यसरी वरिष्ठ उद्योगीले नै चलाएको उद्योगविरुद्ध ठगी मुद्दा पर्नुलाई संयोग हो कि नियत भन्ने समेत प्रश्न खडा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया