वातावरणमा डढेलोको जोखिम
काठमाडौं ।
विश्वमा वायु प्रदूषणका मुख्य कारकको रूपमा डढेलो, विभिन्न ग्यासको उत्पादन गर्ने कम्पनीहरू, यातायातका साधनबाट निस्कने धुवाँ तथा धुलो आदि रहेका छन् । यी विविध कारणहरूले गर्दा संसारभरि झण्डै ४० लाख मानिसहरूले प्रतिवर्ष ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।
मुख्यतया छिमेकी देश भारतको राजस्थानलगायत अन्य विभिन्न स्थानहरूको धुवाँ तथा धुलोको कारणले गर्दा हाम्रो देशमा वायु प्रदूषण भएको सम्बन्धित क्षेत्रका विज्ञहरूले आँैल्याएका छन् । यसले केही दिनसम्म पनि असर पार्नसक्ने पनि बताइएको छ । मूलतः हाम्रो देशको कुरा गर्ने हो भने वायु प्रदूषणबाट मृत्यु हुनेको संख्या वार्षिक १० हजारभन्दा बढी छ । विश्वमा मानव मृत्युका प्रमुख कारणहरूमध्ये घरभित्रको धुवाँ चौथो स्थानमा पर्दछ । पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुपोषण, असुरक्षित यौन सम्पर्क र असुरक्षित खानेपानी तथा सरसफाइको कमी रहेका छन् । घरभित्रको धुवाँको अध्ययन भन्नाले यसको उत्पति, संग्रह र लेखाजोखाको अध्ययनलाई बुझाउँछ ।
वायु प्रदूषणले विभिन्न किसिमले मानव स्वास्थ्यमा हानि गर्दछ । यो श्वासप्रश्वास र फोक्सोको रोगको प्रमुख कारण हो । यसर्थ वायु प्रदूषणबाट २० प्रतिशत मानिसहरूको ज्यान जाने सम्बन्धित क्षेत्रको आंकलन गरेका छन् । यसमध्ये घरभित्रको धुवाँबाट ११ प्रतिशत हुन्छ भने घरबाहिरबाट नौ प्रतिशत वायु प्रदूषणको शिकारबाट हाम्रो देशमा वायु प्रदूषण हुने तथ्याङ्कको अनुमान विज्ञहरूले गरेका छन् । यसको साथसाथै विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार हावाको गुणस्तर सूचक ५० सम्म रहनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५० देखि एक सामान्य र त्योभन्दा माथि हानिकारक मानिन्छ ।
दुई सयभन्दा माथि जानु घातक र तीन सयभन्दा माथि अति अस्वस्थकर मानिनुको साथै संकटकाल घोषणा समेत गर्नुपर्ने अवस्था हो । तथापि, देशमा भने गत चैत्र १४ गते हावाको गुणस्तर सूचकले तीन सयभन्दा बढी नाघेको अवस्था थियो । त्यस्तैगरी जलवायु परिवर्तनका हिसाबले हेर्ने हो भने अझ बढी नेपालमा पनि देखिन थालेको विज्ञहरूको भनाइ रहेको छ । यी कुराहरूलाई ध्यान दिएर विश्वमा सन् २०१५ मा पेरिस जलवायु सम्मेलन भएको थियो । त्यस सम्मेलनको छलफलले पनि प्रत्येक देशले पाँच वर्षको अन्तरालमा उक्त सम्मेलन गर्ने भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि सन् २०२० प्रत्येक मुलुकले आ–आफ्नो देशको प्रतिबद्धता पेस गर्नुपर्ने थियो । यो हुन सकिरहेको छैन ।
यसमा पृथ्वीको तापक्रम बढ्ने क्रममा एक दशमलव पाँच डिग्रीसम्म भएमा सामान्य रूपमा राख्ने प्रतिबद्धतामा भन तीन डिग्रीभन्दा बढी रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । यी सबै राष्ट्रहरूले आ–आफ्नो देशमा सञ्चालन गर्ने कार्यक्रमहरूमा वातावरण मैत्री बनाउँदै लैजाउनुपर्ने देखिन्छ । अतः देशमा रहेका हिम नदीहरू पग्लने गरेका समाचारहरू पनि आउन थालेका छन् । जसले गर्दा तामक्रम पनि दिनहुँ बढदोरूपमा मापन हुन लागेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने डढेलोको समस्या कुनै नौलो भने होइन । यस समस्यालाई नियन्त्रण गर्ने देशमा कुनै निकायहरू नै बनेका छैनन् । विगतका वर्षहरूदेखि नै देशका विभिन्न स्थानको वनजंगलहरूमा डढेलो लाग्दै आएको थियो । देशमा प्रत्येक वर्ष दुई लाख हेक्टर वनजंगलको क्षेत्रफलमा आगलागी हुने अनुमान विज्ञहरूको रहेको पाइन्छ । यो भनेको काठमाडौँ उपत्यकाजस्तो तीन बटाको क्षेत्रफलबराबरमा डढेलो लाग्नेगरेको छ । यो वर्ष भने विगतमा लागेको डढेलो क्षेत्रफलभन्दा धेरै ठूलो क्षेत्रहरूमा डढेलो लागेको अनुमान गरिएको छ । गत वर्षमा भने देशको ४१ जिल्लाहरूको एक सय ९४ स्थानमा डढेलो लागेको थियो ।
यो वर्ष भने ७५ जिल्लाहरूको दुई हजार आठ सय ४३ विभिन्न स्थानहरूमा आगलागी भएको छ । जस्तो विगतलाई स्मरण गर्ने हो भने सन् २००९ मा धेरै जिल्लाहरूमा डढेलो लागि धनजनको नोक्सान समेत भएको थियो । देशमा डढेलो निभाउने कुनै किसिमका वैज्ञानिक उपकरणहरू भने आजसम्म देशमा छैन । उक्त डढेलो लागेको बेलामा आगो निभाउनको लागि शाही सैनिकहरूलाई उद्धारमा खटाउने बेलाबखतमा हुँदै आएको भने पाइन्छ । उक्त सन् २००९ मा उद्धारमा खटिएका १३ जना शाही सैनिकले ज्यान गुमाउनु परेको थियो । त्यस्तै गरी सन् २०१६ मा पनि सोही कार्यमा जाँदा १६ जनाले ज्यान गुमाएका थिए ।
वातावरणलाई प्रदूषण गर्ने मुख्य तीन तत्वहरू विद्यमान रहेका छन् । एउटा हिउँदे वर्षा थोरै हुनु प्रमुख कारणमध्ये एक हो । त्यसरी नै यस वर्षको हिउँद महिना पर्नुपर्ने पानीमा १५ प्रतिशतभन्दा कम वर्षा भएको छ । त्यसै गरी दोस्रो कारणमा कमजोर वायुका कारणले गर्दा वर्षा हुन सकेन जसले गर्दा देशको विभिन्न भू–भागहरूमा डढेलो प्रकोपको मात्रा तीव्र गतिमा वृद्धि भयो । जसमा वातावरण रहेका विद्यमान स्थानहरूमा फागुन–चैत महिना खासगरी सुख्खा मौसमका कारणले गर्दा डढेलो चपेटामा धेरै बढी हुनेगरेको पाइन्छ । यसरी यी विभिन्न क्षेत्रहरूमा डढेलो लाग्नुमा प्रमुख कारणलाई यो पनि लिन सकिन्छ । यसरी डढेलो लाग्नुमा मानिसको लापरबाहीको कारणले गर्दा ५८ प्रतिशत यो कार्य भएको छ भने जानीजानी वनजंगलमा आगो लगाउनेहरूको संख्या पनि २२ प्रतिशत रहेको छ । त्यसैगरी अन्जानमा अर्थात दुर्घटनावश आगो लाग्ने प्रतिशतलाई हेर्ने हो भने २० प्रतिशत रहेको छ ।
अन्त्यमा भन्नुपर्दा वातावरण जोगाउने अर्थात् जनस्वास्थ्यलाई ध्यान दिई अर्थात् वातावरण प्रदूषण नियन्त्रणका नाममा शीर्षक तोकेरै नेपाल सरकारले कर असुल गरिरहेको छ । यस्तो शीर्षकमा पछिल्लो १२ वर्षमा ११ अर्ब ५३ करोड संकलन भइसकेको छ । तर, संकलित रकम प्रदूषण नियन्त्रणका लागि खर्च नहुँदा वातावरण झन् बिग्रँदै गएको हो । सरकारले नेपाल भित्रिने पेट्रोल र डिजेलबाट आर्थिक ऐन, ०६६ अनुसार प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क भनेर कर उठाउने गरेको छ । यो पैसा भने उक्त प्रदूषण खर्च भएको देखिँदैन । यो उदेकलाग्दो कुरा पनि हुन गएको छ ।
एकातिर भन्ने हो भने संविधानमा हरेक नागरिकको जनस्वास्थ्यको नैसर्गिक अधिकार उल्लेख रहेको छ भने अर्कोरित हेर्ने हो भने स्वच्छ वातावरणको अभावमा विभिन्न रोगव्याधिको भुमरीमा फस्न बाध्य भएका छन् । यसरी यो करस्वरूप पैसा उठाउन थालिएको आर्थिक वर्ष २००८/९ देखि नै थियो । नेपाल सरकारले भने प्रदूषण न्यूनीकरण गर्नको लागि अधिल्लो वर्ष ९८ लाख रुपैयाँ विनियोजन गरेको थियो भने यस सालमा भने दुई करोड दुई लाख रुपैयाँ विनियोजन गरेको छ । जुन जनस्वास्थ्य क्षेत्रको कुल बजेटको शून्य दशमलव शून्य शून्य दुई प्रतिशत मात्र हुन आउँछ ।
देशमा विसं २०६१ देखि अहिलेसम्म वन डढेलोमा परेर करिब एक सय १० जनाको ज्यान गएको सरकारी आँकडा छ । यसर्थ कैयौं व्यक्ति डढेलो नियन्त्रणका क्रममा घाइते भएका छन् । यसरी नै ताप्लेजुङ, मनाङ, रसुवालगायतका जिल्लाहरूमा डढेलो नियन्त्रणमा लिन सेना र दुईवटै प्रहरीलाई परिचालन गरिएको थियो । तैपनि नियन्त्रणका प्रयास सबैतिर तत्काल र प्रभावकारी हुनसकेको छैन । अपितु डढेलो नियन्त्रणमा जति ढिलाइ हुन्छ, त्यति नै जन, धन, वन र जैविक विविधताको विनाश बढ्छ ।
त्यस्तैगरी केही महिनाअघि पाथिभरामा लागेको आगलागीमा हेलिकोप्टरबाट आगो निभाउने कार्य सुरु गरिएको थियो । यी कुराहरूलाई मध्यनजर गरी सरकारले पनि बेलैमा यस्ता किसिमका प्रकोपसँग जुध्न हवाइ, हेलिकोप्टरजस्ता साधनहरूको जोहो गर्नुपर्नेलगायत अन्य आगो निभाउने आधुनिक उपकरणहरूको व्यवस्था मिलाउनुपर्ने आजको समयको टड्कारो आवश्यकता हो । गत केही दिनअघिदेखि भएको वायु प्रदूषणबाट बच्नको लागि नेपाल सरकारले शैक्षिक संस्थाहरूलाई छुट्टी दिएको यो पहिलो पटक थियो । यसरी सम्पूर्ण विद्यालयहरूलाई चार दिन बिदा दिई सरकार वायु प्रदूषणबाट पन्छिन खोजेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया