Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसुङ नेपालद्वारा नयाँ वर्षमा ‘सुरुवात नयाँ उत्साह’ को योजना सार्वजनिक

सामसुङ नेपालद्वारा नयाँ वर्षमा ‘सुरुवात नयाँ उत्साह’ को योजना सार्वजनिक


काठमाडौं ।
सामसङ नेपालद्वारा नयाँ वर्ष २०७८ को अवसर पारेर ‘सुरुवात नयाँ उत्साहको’ योजना सार्वजनिक गरेको छ । सामसङ नेपाल प्रालिले कोभिड–१९ लकडाउनपछि सामान्य बन्दै गइरहेको अवस्थामा उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा प्रदान गरिएको ‘सुरुवात नयाँ उत्साहको’ योजनाअन्तर्गत ग्राहकहरुले टिभी, रेफ्रिजेरेटर तथा वासिङ मेसिनहरुको खरिदमा ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सोसँगै उक्त योजनाले वास्तवमै ग्राहकहरुमा नयाँ वर्षमा थप उत्साह प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार नयाँ वर्षको यस अवसरमा सामसङका ग्राहकहरुको जीवनमा थप हौसला उत्कृष्ट टिभीहरु जुन उत्कृष्ट डिजाइन तथा इनोभेसनको साथ क्युएलईडी टिभी, फो केएचडी टिभीमा फोरके उपलब्ध गराइएको छ । सामसङको क्यूएलईडी फोरके टिभी फोरकेएस अविस्मरणीय अनुभव प्राप्त गर्न सकिन्छ । यसमा क्वान्टम डट प्रविधिको प्रयोग गरिएको छ भने क्वान्टमा फोरके प्रोसेसर छ, यसमा भएका यस्ता विशेषताले शतप्रतिशत कलर भोलुम प्राप्त गर्न सकिन्छ । साथै फोरके एचडी भेरिएन्टहरुले बहुआवाज तथा फोरके प्रोसेसरले क्रिस्टल डिस्प्लेको साथ उत्कृष्ट पिक्चर प्रदान गर्दछ । यसको साथ साथै फूल एचडी स्मार्ट टिभीहरुमा फूल एचडी रिसोलुसनको साथ स्मार्ट भ्वाइस सुविधाहरु, भ्वाइस एसिसटेन्स तथा पर्सनल कम्प्युटर मोडजस्ता सुविधाहरु पनि छन् ।

यस्तै कम्पनीले नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई विभिन्न प्रकारका डोर रेफ्रिजेरेटरहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको बताएको छ । सामसङले अत्याधुनिक प्रविधियुक्त रेफ्रिजेरेटर पनि बजारमा प्रस्तुत गरेको छ । यस्तो सुविधा बजारमा उपलब्ध अन्य कम्पनीहरुको रेफ्रिजेरेटरहरुमा उपलब्ध छैन । त्यसैले यो रेफ्रिजेरेटरलाई आम उपभोक्ताहरुले मन पराउने विश्वास कम्पनीले लिएको छ ।

नयाँ कर्ड म्यस्ट्रो रेफ्रिजेरेटर पहिलो फ्रस्ट फ्रि रेफ्रिजेरेटर हो जसले सही रुपमा दही बनाउनुको साथै दहीलाई लामो समयसम्म सुरक्षित पनि राख्छ । यसका साथै सामसङले स्पेसम्याक्स अत्याधुनिक प्रविधिको साथ आकर्षक एवं उत्कृष्ट डिजाइनयुक्त रेफ्रिजेरेटर तथा डिजिटल प्रविधियुक्त रेफ्रिजेरेटर ल्याएको छ । यसले न्यून विद्युत् खपत गर्नुको साथै उत्कृष्ट चिस्यान प्रदान गर्ने बताइएको छ ।

यसका साथै नयाँ वर्षको यो योजनामा कम्पनीले आफ्ना विभिन्न सेमि अटोमेटिक, टप लोड, फ्रन्ट लोड वासरस एण्ड ड्रायरमा लागू गरेको छ । सामसङका वासिङ मेसिनहरुमा नवीनतम इको बबल तथा अत्याधुनिक वाष्प प्रविधिको प्रयोग गरिएको छ । यस प्रविधिले ९९ प्रतिशत मयलरहित धुलाइको सुनिश्चितता प्रदान गर्दछ । नयाँ इको बबल प्रविधिले नयाँ जमानाको लन्ड्री अनुभव प्रदान गर्दछ यसमा अत्याधुनिक नियन्त्रणयुक्त विशेषताको सुविधा विद्यमान छ । यसले पर्सनलाइज्ड युजर एक्पेरियन्स प्रदान गर्दछ । यो योजनाअन्तर्गत एकै साथ नियन्त्रण गर्न सकिने वासिङ्ग मेसिन नेपाली बजारमा छिट्टै प्रस्तुत गर्न गइरहेको छ ।

यस्तै सामसङले आफ्नो टिभीहरुमा दुई वर्ष (एक वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप एक वर्ष प्यानलमा) वारेन्टी प्रदान गरेको छ भने विभिन्न रेफ्रिजेरेटरहरु तथा वासिङ मेसिनहरुमा १० वर्ष डीआईटी वारेन्टी प्रदान गरेको छ । नयाँ वर्षको अवसरमा कम्पनीले निश्चित प्रोडक्टहरुको खरिदमा निःशुल्क जडान सुविधा पनि प्रदान गर्नेछ ।

‘सुरुवात नयाँ उत्साह’ योजना चैत १९ गतेदेखि जेठ ११ गतेसम्म लागू हुने बताइएको छ । योजना नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कहरुमा मात्र लागू गरिएको छ । कम्पनीका अनुसार सामसङ नेपालले उत्कृष्ट प्रविधि तथा नवीन उत्पादनहरु ग्राहकहरुसमक्ष पु-याउन निरन्तर कार्य गर्दै आइरहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुलाई अधिकतम सुविधा प्रदान गरी उनीहरुको जीवनस्तरलाई अझै सहज बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया