मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति गठन
काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण पनि गरेका छन् ।
कार्यसमितिमा वाणिज्यतर्फ १५ जना, उद्योगतर्फ नौ जना, जिल्लातर्फ १५ जना, नगरतर्फ एक जना, वस्तुगत संघतर्फ नौ जना, द्विराष्ट्रिय संस्थागततर्फ तीन जना र आबद्धतर्फ तीन जना गरी ५५ जना कार्यसमिति सदस्य निर्वाचित भएका थिए । चेम्बरको वाणिज्यतर्फ कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाईं, सन्तोष कुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभूषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल र कैलाशचन्द्र गोयल कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।
यसैगरी उद्योगतर्फ राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र वल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ र दिपेश रत्न तुलाधर कार्यसमिति सदस्य निर्वाचित भएका छन् । जिल्लातर्फ भने ओमकृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाइचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भीमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल (निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक) र कृष्णमान श्रेष्ठ निर्वाचित भए ।
यस्तै नगरतर्फ मन्जु बज्राचार्य निर्वाचित भइन् । वस्तुगत संघतर्फ अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मूल, सञ्जय कुमार अग्रवाल, सुरेन्द्रभाइ शाक्य र किरण कुमार डंगोल कार्यसमिति सदस्य निर्वाचित भए । यसैगरी द्विराष्ट्रिय संस्थागततर्फ त्रिभुवन धर तुलाधर, दिपक कुवर, विनायक शाह र आबद्धतर्फ देबेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल चेम्बरको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया