मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडौं ।
मनकामना केबलकार मर्मतसम्भारपछि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबलकारले जारी गरेको सूचनामा केबलकार चैत ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिनअगावै सम्पन्न भएकोले मंगलबारदेखि सञ्चालन गर्ने भनिएको केबलकार सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो ।
चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । छ दिन बन्द गरिएको केबलकार पाँच दिनमै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले बताए । २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।
सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अत्यावश्यक र मर्मत नगरी नहुने सामान फेरिने र दोस्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो । जसअनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ । अबको दुई वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया