बिहान ९ बजेसम्म सुतेर हतारहतार राम्रोसँग मुख पनि नधोई भाउजूले पकाएको खाना खाएर अफिस कुद्ने सोमलाल अहिले ६ नै नबजिकन उठिसक्छन् । बढीजसो फुर्सदको समय मोबाइल र साथीभाइसँग बिताउने उनी आजकल घण्टौँसम्म मोबाइल चलाएर समय बर्बाद गर्दैनन्, न त साथीभाइसँग चियागफमै अल्झिन्छन् ।
काठमाडौँ आएको १० वर्षसम्म उनले पढाइसँगै विभिन्न ठाउँमा जागिर गरे । सीटीईभीटीबाट अटोमोबाइल रिपियरिङको तालिम लिएपछि हाल उनी एउटा वर्कशपमा १०–५ को जागिर गर्छन् । सामान्य काम गरेर मासिक आम्दानीले परिवारको दैनिक खर्च समेत मुस्किलले धान्दै आएका उनलाई कोरोनाको महामारीले झनै अप्ठ्यारोमा पा¥यो । काठमाडौँ बसेको दश वर्ष पूरा भए पनि अप्ठ्यारो अवस्थामा एक÷दुई महिनासम्म समेत टिक्नसक्ने हैसियत बनाउन नसकेको कुरा थाहा पाउन पनि उनलाई कोरोनाको महामारी नै आउनुप¥यो ।
आफ्नो आर्थिक हैसियतको यथार्थ बुझेपछि उनलाई जिन्दगीदेखि दिक्दार लाग्यो । त्यसो त यसो गरूँ कि उसो गरूँ भनेर अनेक पेसा व्यवसायमा मन नगएको पनि होइन । तर केही सीप लागेन । विदेश जाने तयारी थाले तर तत्कालै वैदेशिक रोजगार खुल्ने अवस्था थिएन । खुले पनि भनेजस्तो काम र राम्रो दाम आउने ठाउँ त परकै कुरा भयो । घरपरिवारबाट चाँडै बिहे गर्नुपर्छ भन्ने कुराको ‘प्रेसर’ झनै बढ्दै थियो । यी सारा कुराको बोझ धान्नै नसक्ने अवस्थालाई सम्झिँदा सोमलाल अझै पनि आत्तिन्छन् । तर आजकल उनको दैनिकीमा धेरै परिवर्तन आएको छ ।
बेलाबेला पत्रपत्रिका र सञ्चार माध्यममा आउने गरेका फन्डाका कारण सोमलालले पठाओको बारेमा केही सुन्दै आएका थिए । तर एउटा साथीले पठाओको बारेमा बताएपछि उनलाई त्यसप्रति रुचि बढ्यो । पठाओको बारेमा अरु थप कुराहरु बुझ्न केही साथी र थप अनलाइनका न्युज अध्ययन गरे । सबै कुरा बुझेपछि आफूसँग बाइक पनि भएकोले त्यहाँ काम गर्दा राम्रै हुनेजस्तो लाग्यो ।
पठाओको अफिसमा गएर दुई हजार रुपैयाँ तिरेर एक दिन तालिम लिएपछि उनले पठाओ राइडरको अनुमति पाए । सुरुसुरुमा केही असहज भए पनि काम गर्दै जाँदा रामै्र आम्दानी हुनथालेपछि उनलाई रमाइलो लाग्न थाल्यो । फुर्सदको समय उनलाई खेर फाल्न मन लागेन अर्थात् सोमलालसित अनावश्यक फुर्सदको समय नै हुन छाड्यो । अहिले उनी आफ्नो अफिसलाई डिस्टर्ब नहुने गरी बिहान र बेलुका पठाओमा काम गर्छन् ।
यत्तिकै सुतेर र चोकको पसलमा बसेर चिया खाँदै उडाइरहेको समयमा राम्रै आम्दानी हुने भएपछि सोमलालको चेत खुल्यो । उनी भन्छन्, ‘दैनिक खर्चदेखि आफ्ना सामान्य आवश्यकता टार्न अब जागिरबाट आउने तलबको लागि महिनादिन पर्खनुपर्दैन । न त सारो गाह्रो पर्दा बिन्तीभाउ गरेर साहुसँग खुट्टा नै ढोग्नुपर्छ । उस्तै परेको बेलामा त आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी अलिकति बढी समय खट्छु भन्दा थप आम्दानी गर्न समेत टाउको दुखाइरहनु पर्दैन ।’ पार्टटाइम काम गर्दा पनि उनले एक हजार देखि १५ सयसम्म दिनको आम्दानी गर्छन् ।
पठाओबाटै राम्रो आम्दानी गर्ने अर्का राइडर हुन् बर्दियाका २६ वर्षीय समिर चौधरी । उनको भने कथा सोमलालको भन्दा अलिक फरक छ । बिहे गरेर एक छोराका बाबुसमेत रहेका उनी अहिले काठमाडौँमा एक्लै छन् । तीन वर्षअघि खाडीमुलुक युनाइटेड अरब इमिरेट्स (दुवै)मा गएका उनी भनेजस्तो काम नपाएपछि १६ महिनामा नै नेपाल फर्किए । करारको पूरा समय नबिताई फर्किएपछि तत्कालै विदेश गैहाल्न मन लागेन ।
यसबीचमा यतै विभिन्न काममा अलमलिए । तर केही सीप नलागेपछि घरबाट रोमानिया जान भनेर काठमाडौँ आएका उनी कोभिडको कारणले तत्काल जान नमिल्ने भएपछि यहीँ केही गरेर अल्झिन कामको खोजीमा विभिन्न ठाउँमा भौतारिए । एक दिन हेमा थापा मगर दिदीको कुरा सुनेपछि उनको मन फेरियो । एक वर्षअघिदेखि पठाओ राइडरको काम गरेकी हेमाले समीरलाई पनि पठाओमा जोइन्ड भएर काम गर्दा राम्रो हुने बताएपछि उनलाई विचार गर्न मन लाग्यो । आफूसँग बाइक र लाइसेन्स दुवै भएकाले पठाओको अफिसमा गएर दर्ता गरेर राइडरको काम गरे ।
उनी भन्छन्, ‘सुरुसुरुमा थरिथरिका ग्राहक पाउँदा केही असजिलो भए पनि पछि विस्तारै रमाइलो लाग्न थाल्यो । आम्दानी पनि राम्रै हुने र आफ्नो समयअनुसार काम गर्न र नगर्न पनि मिल्ने भएकाले मलाई यो पेसा एकदम राम्रो लाग्न थाल्यो ।’
अहिले समीरको अरु कुनै काम नभएका कारण विहान ७ बजेदेखि बेलुका ८÷९ बजेसम्म काम गर्छन् । खाजा र खाना खान एक÷डेढ घण्टा रेस्ट गर्छन् । काम परेको बेला आफ्नो काममा जान्छन् र बाँकी समय पठाओमा काम गर्दा सबै खर्च कटाएर दिनको १५ सयदेखि दुई हजारसम्म कमाउँछन् । आफ्नै देशमा आफ्नो इच्छाअनुसार काम गर्दा पनि सबै खर्च कटाएर ३० देखि ५० हजारसम्म आम्दानी गर्न सकेपछि अब उनलाई विदेश जाने रहर हराउँदै गएको छ ।
उनी भन्छन्, ‘कहिलेकाहीँ रातमा काम गर्दा केही अप्ठ्यारा मान्छे पनि हुन्छन् र पैसा नै नदिइकन पनि जान्छन् तर अधिकांश मानिस राम्रै हुन्छन् । आफ्नो सेवालाई हेरेर टिप्सको रुपमा पनि रकम थपिदिन्छन् । समग्रमा भन्नुपर्दा म यो पेसाबाट सन्तुष्ट छु ।’
महिला राइडर पनि छन्, पुरुष मात्र नभएर महिलाले पनि पठाओ राइडरको रुपमा काम गरेर राम्रै आम्दानी गरेका छन् । हातमा सीप र हिम्मत भएर पनि उचित कामको अभावमा घरमै बस्न बाध्य महिलाहरुले समेत यस प्लाटफर्मलाई राम्ररी उपयोग गरेका छन् । यस्तै पठाओको प्लाटफर्ममा काम गरेर राम्रो आम्दानी गर्ने महिलामा पर्छिन् मोरङ घर भई १५ वर्षदेखि काठमाडौँ बस्दै आएकी हेमादेवी मगर ।
सहकारीमा क्यासियरको काम गर्दागर्दै बच्चा हुने भएपछि उनले जागिर छोडिन् । तर बच्चा हुर्कँदै गएपछि बच्चालाई स्कुल पठाएपछिको फुर्सदको समय बरमा बस्न उनलाई पट्यार लाग्न थाल्यो । जागिर गर्दा बच्चाको लागि समय नमिल्ने भएपछि काडमाडौँ केएल टावरको छेउमा क्याफे चलाएकी हेमाले लकडाउनको समयमा पसल बेचेर बसिरहेकी थिइन् ।
एक जना भान्जा पर्नेले पठाओमा काम गर्दै गरेको र त्यसबारेमा बुझ्दा आफूलाई पनि रहर जागेपछि उनले पनि दर्ता गरेर काम सुरु गरिन् ।
‘इनकम पनि राम्रै हुने र दिनभर घरमा बसिरहनु पनि नपर्ने अझ महिलाका लागि त यो अति नै उपयोगी रहेछ’, उनी भन्छिन्, ‘बाबुलाई स्कुल पु¥याएपछि उसको विदा हुँदासम्म आफ्नो समयअनुसार काम गर्छु, फुल टाइम पनि दिन नपर्ने, अरुको जागिर गर्दा केही समस्या पर्दा विदा नै पाउन गाह्रो तर अहिले मलाई जे गर्न पनि सजिलो छ ।’
घरको सबै काम सकेर बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म काम गर्दा पनि कहिलेकाहीँ त २५ सयदेखि तीन हजारसम्म आम्दानी गरेको मीठो अनुभव छ हेमादेवीसँग । अहिले उनलाई आफ्नो खर्च टार्नको लागि कसैसँग आश गर्नुपर्दैन । आवश्यक परेको समयमा अरुलाई समेत दिन पाउँदा आफूलाई खुशी लाग्नेगरेको हेमादेवी बताउँछिन् । कहिलेकाहीँ आउने सानातिना समस्यालाई नर्मल रुपमा लिँदै उनले पठाओ प्लाटफर्ममा आफू पूर्ण सन्तुष्ट रहेको बताइन् ।
यसरी नेपालमा केही गर्ने अवसर नै छैन भन्नेहरुका लागि गतिलो उदाहारण हुन् सोमलाल, समीर र हेमादेवी । पठाओले राइडर र यात्री दुवैलाई राम्रोे अवसर प्रदान गरेको ठम्याइ छ तीनै जनाको । ट्वाइलेट जाँदासम्म पैसा तिर्नुपर्ने सहर राजधानी काडमाडौँमा पठाओको प्लाटफर्ममार्फत राम्रो आम्दानी गर्ने अवसर प्राप्त हुनु समग्र राष्ट्रकै लागि पनि राम्रो उपलब्धि हो । विद्यमान बेरोजगारको समस्यालाई हटाउन यी र यस्ता प्लाटफर्मको निकै नै महत्व छ । सरकारले यस्ता अन्य अवसरको समेत खोजी गरी उचित हौसला दिन जरुरी छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया