काठमाडौँ ।
मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी रकममा दुई प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा गत आवको सोही अवधिमा मुलुकको उद्योग क्षेत्रमा आउने लगानीमा लगानीमा २.३४ प्रतिशत अर्थात् ३२ करोड ७७ लाख रुपैयाँले कमी आएको छ ।
गत आवको नौ महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत उद्योगमा एक खर्ब ३९ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ लगानी आएकोमा चालू आवको सोही अवधिमा एक खर्ब ३६ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ लगानी आएको छ । गत आवमा दुई सय ४९ वटा उद्योग र चालू आवमा एक सय ६८ वटा उद्योग स्थापना गर्नका लागि सो लगानी विभागसमक्ष आएको हो ।
चालू आवको समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलना गर्दा ऊर्जामा लगानी बढ्दा अन्य उद्योग अर्थात् कृषि तथा वन पैदावर, सूचना, सञ्चार तथा प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योगहरुमा गरिने लगानीमा कमी आएको छ ।
चालू आवको समीक्षा अवधिमा लगानीकर्ताहरुले विभागबाट ऊर्जामा ९९ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ, उत्पादनमा १५ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ, कृषि तथा वन पैदावरमा चार अर्ब २८ करोड ५५ लाख रुपैयाँ, पर्यटनमा आठ अर्ब ४१ करोड छ रुपैयाँ लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् ।
यस्तै उनीहरुले चालू आवको सोही अवधिमा सेवामा पाँच अर्ब ४० करोड ७१ लाख, खनिजमा १२ करोड ३४ लाख, पूर्वाधारमा एक अर्ब ७३ करोड ८३ लाख र सूचना, सञ्चार तथा प्रविधिमा ६५ करोड रुपैयाँ लगानी गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् । योसँगै लगानीकर्ताहरुले नौ महिनाको अवधिमा सबैभन्दा बढी लगानी ऊर्जामा र सबैभन्दा कम खनिजजन्य उद्योगमा गरेका छन् । उनीहरुले उद्योग स्थापनासँगै नौ हजार आठ सय ८१ जनालाई रोजगारी दिने समेत बताएका छन् ।
लगानीकर्ताहरुले चालू आवमा उक्त लगानी स्वीकृत क्रमशः २५ वटा ऊर्जा, १८ वटा कृषि तथा वन पैदावारजन्य उद्योगमा र पाँचवटा सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित, ५५ वटा उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक क्रमशः ३१÷३१ वटा दुईवटा पूर्वाधार र एउटा खनिजजन्य उद्योगमा रहेको छ ।
यस्तै गत आवको सोही समयमा उनीहरुले ९१ अर्ब २४ करोड ३७ लाख रुपैयाँ ऊर्जामा, १७ अर्ब ४३ करोड २४ लाख रुपैयाँ उत्पादनमूलकमा, एक अर्ब १२ करोड ६४ लाख रुपैयाँ कृषि तथा वन पैदावारमा, १९ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ पर्यटनमा, सात अर्ब ४५ करोड ६५ लाख रुपैयाँ सेवामा र दुई अर्ब ८४ करोड रुपैयाँ सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योगमा लगानी गर्ने बताएका थिए ।
यस्तै गत आवमा उनीहरुले उद्योग स्थापनासँगै १६ हजार दुई सय ३२ जनालाई रोजगारी दिने बताएका थिए । कोभिड १९ को महामारी पछिल्लो समय बढेको अवस्थामा पनि लगानीकर्ताहरुले उद्योग स्थापना गर्ने तयारीस्वरुप विभागसमक्ष लगानी प्रस्ताव गरेको पाइन्छ । भोलिको समय सामान्य बन्ने तथा कोभिडका बीच पनि आफ्नो कामलाई निरन्तरता दिने उद्देश्यका साथ लगानीकर्ताहरु उद्योग स्थापनाका लागि अग्रसर भएको उद्योगीहरुको भनाइ छ भने उनीहरुले सरकारसमक्ष कोभिडको सुरक्षा मापदण्ड अपनाई उद्योगसँग सम्बन्धित सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्न छुट हुनुपर्ने माग राख्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया