काठमाडौँ ।
नेपाल आयल निगमले शनिबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त मूल्यसूचीअनुसार १५ दिनमा ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्यवृद्धि गरिएको हो ।निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाइ इन्धनको मूल्य वृद्धि भएको छ ।
शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एकका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साबिकको बिक्री मूल्यमा दुई वृद्धि हुँदा प्रतिलिटर ७६ पुगेको छ । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाइ इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।
निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा छ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय १७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया