ज्येष्ठ नागरिक र विद्यार्थीलाई ताम्रकार समाजको सम्मान
काठमाडौं ।
ताम्रकार समाजले ज्येष्ठ नागरिक एवं विद्यार्थीहरुलाई सम्मान गरेको छ । ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ ज्येष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला ओढाई विशेष सम्मान गरेका हुन् । त्यस्तै समाजबाट एसईई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गर्ने करिब एक सय २५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
समाजका पूर्वअध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्र राज ताम्रकारले ट्रफी, कदरपत्र एवं नगद पुरस्कारबाट उनीहरुलाई सम्मान गरेका थिए ।
समाजले आफ्नो स्वर्णजयन्तीको अवसर पारेर जावलाखेलमा आइतबार ज्येष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रम राखेको थियो । समाजको ज्येष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्णजयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिरहेको बताए ।
अग्रजहरुको त्याग परिश्रम मिहिनेतकै कारण समाजले आफ्नो स्वर्णजयन्ती मनाउन सफल भएको बताउँदै उनले भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्वद्र्धनमा ताम्रकार समाज सदा लागिपरेको जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया