Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकका अध्यक्ष गोल्याणद्वारा सपथ ग्रहण

एनएमबी बैंकका अध्यक्ष गोल्याणद्वारा सपथ ग्रहण


काठमाडौं, पुस २८
एनएमबी बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् । गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षको रूपमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुुन् । यही २०७६ पौष २४ गते, बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको हो । हाल एनएमबि बैंकको सञ्चालक समितिमा अध्यक्ष पवनकुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी सञ्चयकोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x