Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुख्खा खडेरीले हिउँदे बालीमा परेको क्षतिको सूचना सङ्कलन

सुख्खा खडेरीले हिउँदे बालीमा परेको क्षतिको सूचना सङ्कलन


बझाङ ।
सुख्खा खडेरीले हिउँदे बालीमा परेको क्षति र असरका बारेमा सूचना सङ्कलन गर्न एक टोली थलारा गाउँपालिकामा पुगेको छ । टोलीले थलाराको धामीगाउँ, दंगार्जीको बगाडा, थापागाउँ र डिख्लागाउँका स्थानीय समुदायसँग भेटघाट र छलफल गरी खडेरीले हिउँदेबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको हो । किसानहरूसँग छलफल गर्दा यसवर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

टोलीले स्थलगत तुलबालीको अनुगमन तथा समुदायसँग भेटघाट गर्दा यसवर्ष गहुँ र जौमा करिब ९० प्रतिशत क्षति भएको देखिएको छ । खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना सङ्कलन गर्न सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकाया, बझाङ जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक जगदीश रोकाया, थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली सूचना सङ्कलनमा रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया