अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
अमेरिका ।
छोटा भिडियो सेवा प्रदायक टिकटकविरुद्ध बालबालिकाको डेटा संकलन र प्रयोग गरेको भन्दै बेलायतमा अर्बौँको मागदाबी मुद्दा परेको छ ।बेलायती र युरोपेली दशौँ लाख बालबालिकाको तर्फबाट परेको दाबी गरिएको छ । यदि यो मुद्दाले सफलता पाए टिकटकपीडित प्रत्येक बालबालिकाले हजारौँ डलर पाउनेछन् । टिकटकले भने यसलाई बेकारको संज्ञा दिएको छ ।
मुद्दाको कानुनी प्रतिरोध गर्ने कम्पनीले प्रतिक्रिया दिएको छ ।टिकटकले कुनै चेतावनी, पारदर्शिता वा आवश्यक कानुनी मापदण्डविनै बालबालिकाको व्यक्तिगत सूचनाहरु फोन नम्बर, भिडियो, लोकेसन र बायोमेट्रिक डेटा लिने गरेको दाबी गरिएको छ । ती सूचना लिएर उनीहरु र परिवारलाई कहाँ प्रयोग भइरहेको छ भन्ने जानकारी समेत नदिएको आरोप लगाइएको छ । तर त्यसको खण्डन गर्दै टिकटकले गोपनीयता र सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता भएको स्पष्ट पारेको छ । टिकटकका विश्वभर ८० करोड प्रयोगकर्ता छन् ।
गत वर्ष यसको मातृकम्पनी बाइटीडान्सले अर्बौँ नाफा कमाएको थियो । सन् २०१८ मे २५ यता टिकटक प्रयोग गर्ने बालबालिकाको पक्षमा मुद्दा हालिएको हो ।सन् २०१९ मा पनि चिनियाँ कम्पनी टिकटकलाई ५७ लाख अमेरिकी डलर जरिवाना अमेरिकी संघीय व्यापार आयोगले गराएको थियो । बालबालिकाको तथ्यांक र सूचनाको गलत प्रयोगमा उक्त जरिवाना गराइएको थियो । यस्तै दक्षिण कोरियामा पनि यसै सम्बन्धमा जरिवाना गरिएको थियो भने बेलायतमा अहिले सूचना आयोगको कार्यालयले अनुसन्धान गरिरहेको छ । गत वर्ष एक १२ वर्षीया बालिकाले टिकटकविरुद्ध मुद्दाको उठान गरेकी थिइन् । त्यसयता उनलाई अन्य व्यक्तिले साथ दिइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया