कोरोनाविरुद्ध यति आदेश नै पर्याप्त हो ?
काठमाडौं ।
देशको संघीय राजधानी काठमाडौँ उपत्यका कोरोनाको संक्रमण थामिनसक्नुको अवस्थामा पुगेको छ । केन्द्रीय राजधानी मात्र होइन पूर्व–पश्चिम नै हुनेगरी देशका प्रमुख सहरी क्षेत्रकै अवस्था समान छन् । छिमेकी देशबाट आएका मान्छेको गन्तव्य भनेको पहाडी क्षेत्र हो । यसले यो संक्रमण गाउँ–गाउँसम्म नै पुगेका अनुमान गराउँछ । छिमेकी देशमा कोरोनाको भयावहता कस्तो देखियो भने संसारभरिकै नमूना बन्दै छ । राजधानी दिल्लीमा त लकडाउन नै भइसकेको छ ।
आर्थिक राजधानी भनी चिनिने महाराष्ट्रको मुम्बइ गएको महिनादेखि नै लकडाउनमा छ । त्यताबाट मान्छेहरूको ओइरो भारतका अन्य प्रदेशमा पनि लागिरहेको छ जो नेपालका सीमा जोडिन्छन् । अहिले नै सीमामा दुई/तीन हजारको लाइन लाग्नेगरेको छ, तीमध्ये परीक्षण भने एक/दुई सयको मात्रै हुनेगरेको र तीमध्ये आधाभन्दा बढीको संख्यामा संक्रमण भेटिइरहेको छ । सरकारलाई पत्यार लाग्दैन भने पछिल्ला दिनका रिपोर्ट हेरोस् ।
उता त्यस्तो छ भने यता रोकथामको सरकारी तत्परता भाषणमा मात्र सीमित रहेको देखिन्छ । हजारमा परीक्षण भएको अवस्थामा दुईदेखि तीन सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् । विगत दुई/तीन दिनको मात्रै विवरण हेरे पुग्ला । पछिल्ला दिन दैनिक दुई हजारभन्दा बढीको संख्याको दरमा संक्रमण विस्तार भएको अवस्था छ करिब छ/सात हजारको परीक्षणको क्रममा । यस्तोबेला पनि परीक्षणको दायरा बढाएको छैन । सांसरभरकै मान्यता हो जति बढी परीक्षण भयो संक्रमण सर्ने जोखिम त्यति नै कम हुन्छ ।
संक्रमित व्यक्तिको पहिचान भयो भने स्वाभाविकरूपले सतर्कता बढ्छ । यतिबेला सबैतिरको चिन्ता हो सरकारले यस्तो अवसर गुमाउँदै छ । यो एउटा दुःखद पक्ष हो । कोरोना संक्रमण अत्यधिक मात्रामा बढ्न थालेपछि सरकारले विभिन्न सार्वजनिक क्षेत्रमा आंशिक प्रतिबन्ध त लगायो तर त्यस्तो प्रतिबन्ध पालना गरे पनि हुने नगरे पनि हुने प्रकारको भइरहेको छ ।
सरकारको पछिल्लो आदेशअनुसार सहरी क्षेत्रका विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्बल, हेल्थ क्बल, सार्वजनिक बसलगायतका व्यवसायको साथै राजनीतिक कार्यक्रम र धार्मिक स्थलमा पनि सरकारले आंशिक प्रतिबन्ध लगायो । यस्तो प्रतिबन्ध लगाएकै दिन प्रधानमन्त्रीबाटै धार्मिक कार्यक्रममा दशौँ हजार मान्छे भेला हुने वातचावरण बनाइयो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरेर यस्तो आंशिक प्रतिबन्ध लगाएको हो । तर संक्रमणको विस्तार यस्तो गतिमा भइरहेको छ जसले यो गति यति प्रतिबन्धबाट नियन्त्रण होलाजस्तो देखिँदैन ।
सरकारको पछिल्लो आदेशमा नगरपालिका केन्द्रित रहेका पाइयो । जस्तो काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, मेची नगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालिम केन्द्रलगायतलाई यही वैशाख मसान्तसम्म भौतिकरूपमा उपस्थित नभई भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाउन भनेको छ ।
यसको अर्थ हो संक्रमण यो रूपमा विस्तार भइसकेको छ । पश्चिमतिरका कतिपय ठाउँमा त लकडाउन पनि भइसकेका छन् । यस्तो बेला सरकारको पालना गरे पनि हुने नगरे पनि हुने प्रकारको यस्तो आदेशले मात्रै पुग्ला भन्ने प्रश्न खडा हुनगएको छ जो स्वाभाविक पनि हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया