दराजले लगाइदियो फ्रन्टलाइन कामदारहरुको लागि कोभिड खोप
काठमाडौं ।
अनलाइन शपिङ बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड १९ खोपहरू लगाउन सुरु गरेको छ । अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाललगायत चार अरु दक्षिण एसियाली बजारमा सञ्चालन गरिरहेका छ ।
दराजले नेपालका विभिन्न सहरहरूमा छ सय कर्मचारीहरुलाई रोजगारी दिरहेको छ । तिनीहरूमध्ये आधा मुख्यतया रसद र डेलिभरी सेवाहरूमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु छन् ।
गत २ हप्ताको अवधिमा देशभरिको विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ । यसले गर्दा दराजको कर्मचारीहरु मात्र नभई उनीहरुको समाज र उनको परिवारहरुलाई पनि सुरक्षित राख्न मद्दत गर्नेछ ।
कोभिड–१९ को महामारी सुरु भएदेखि इ–कमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकहरुलाई आवश्यक पर्ने चीजहरूको सजिलैसँग पहुँच गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया