काठमाडौं ।
वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरिएको छ । आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुनलागेको सो अस्पताल सात सय ५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रूपमा रहने विश्वास गरिएको छ ।
शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताए । उक्त अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपत्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार करिब दुई सय सात रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया