Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलजीका नयाँ एसी बजारमा

एलजीका नयाँ एसी बजारमा


काठमाडौं ।
एलजीको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले नयाँ एसी बजारमा ल्याएको छ । कम्पनीले एन्टी भाइरस फिल्टर भएको एसी नेपाली बजारमा ल्याएको हो । यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गरी ताजा वातावरण बनाउने कम्पनीको दाबी छ । एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ ।

कम्पनीका अनुसार यस एसीमा फोर इन्न वान कर्न्भटेबल मोड रहेको छ । यसले एसीलाई ४० प्रतिशत, ६० प्रतिशत, ८० प्रतिशत र १०० प्रतिशत अर्थात् मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरी पैसा पनि बचत गर्दछ ।

यस एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ । यसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७० प्रतिशतसम्म विजुली खपत पनि गर्दछ ।

यस एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ । यसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समयसम्म चल्छ ।

एलजीको एसीले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउँदछ साथै वातावरणमैत्री आर३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेण्टी पनि रहेको छ । अहिले नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निःशुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया